आज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥योकांग्रेस अधिवेशन: काठमाडौ –४ को ईकाइ सभापतिमा दोहोरिए : न्यौपाने

काम नगर्ने र विरोध भएका मन्त्रीलाई हटाएर फ्रेश मन्त्री ल्याउछौं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार १७:५५

काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापालेसरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन हुनेपनि बताए । उनले भने,‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ । यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्डले गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको सुनाए । उनले भने,‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं । हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं ।’

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले भने,‘जनताले आफूले भनेजस्तो अनुभुति गर्न नसकेको कुरा केही सत्य हो । तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’

उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको सुनाए । जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ । त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको सुनाए । उनले भने,‘अहिलेपनि अराजकताका स्वर सुनिएका छन् । यी सबैलाई संविधानको भावानाअनुसार समझदारीमा ल्याउन आवश्यक छ ।’ विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए । उनले भने,‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो । अघोषित रुपमा वार्ता भैरहेको छ ।’

त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार मौलाएको भनेरपनि आवाज सुनिएको सुनाए । उनले भने,‘केही हदसम्म यो प्रवृत्ति देखिएको छ । हाम्रो पार्टी यो विषयमा गम्भिर छ । हामी भ्रष्टाचारमा शून्य सहनसिलता अपनाएर अघि बढिरहेका छौं ।’ उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे ।

सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवाहरुलाई मन्त्री बनाउनेपनि थापाले जनाए । उनले भने,‘जनतासामू सर्भिस डेलिभरी हुनुपर्छ । त्यसको लागि मन्त्रिमण्डल पूनर्गठन गरेर पनि अघि बढ्नुपर्छ । पार्टीभित्र त्यो विषयमा पनि छलफल भैरहेको छ । केही मन्त्रीहरुको विरोध भएको छ । उनीहरुलाई परिवर्तन गर्नुपर्छ । पार्टीभित्र अब प्रमुख टास्कको रुपमा यो विषयमा पनि छलफल भैरहेको छ ।’ उनले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने जिकिर गरे । यद्धपी जति काम हुनुपर्नेथियो त्यति चाहीँ नभएको उनको पनि गुनासो थियो ।

समचार तस्बिर रिपोर्टस क्लबबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु