ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

सरकारले औपचारिक रुपमा अवरुद्ध मलेसिया रोजगारी खुला भएको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २९, आईतवार १८:१९

काठमाडौं, २९ भदौं । सरकारले औपचारिक रुपमा अवरुद्ध मलेसिया रोजगारी खुला भएको घोषणा गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मलेसिया जाने कामदारलाई आइतबारैदेखि श्रम स्वीकृति दिन सुरु गरिएको जनाएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा गत बिहिबार भएको सहमतिअनुसार १५ महिनादेखि बन्द मलेसियाको रोजगारी खुला भएको हो ।

नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक सम्पन्न, सहमतिपत्रमा हस्ताक्षर, १५ महिनापछी मलेसिया रोजगारी खुल्यो
अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ ।मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो । मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ । तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ । नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु