ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

आगामी कार्यकालका लागि सचिबमा मेरो आंकाक्षा स्वभाविक : जोशी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २९, आईतवार १८:३१

काठमाडौँ– गैर आवासीय नेपाली संघको आगामी सम्मेलनमा सचिव पदका आंकाक्षी गौरीराज जोशीले आफूले सचिवको पदको आंकाक्षा राख्नु स्वभाविक रहेको बताएका छन् ।
हाल अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजक रहेका जोशीले आफूले हालको पदमा रहँदा गरेको काम र योगदानलाई नजिकवाट बुझेकाहरुले मेरो सचिवको पदको आंकाक्षालाई स्वभाविक मान्ने बताएका हुन् ।
उनले विश्व भर रहनुहुने गैर आवासीय नेपालीले समेत आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले गैर आवासीय नेपाली संघले घोषणा गरेको भिजन २०२० मा हातेमालो गर्न आफू सचिव पदमा उठ्न लागेको बताउँदैं गैर आवासीय नेपाली संघको उचाईलाई माथि उठाउन आफु लागि पर्ने जनाए ।
अमेरिकाको टेक्सस डलास निवासी जोशीले यहाका संचारकर्मीहरुसँगको एक अन्तरक्रियात्मक कार्यक्रममा क्षेत्रीय संयोजक रहँदा अमेरिकाज क्षेत्र अन्तर्गत रहेका राष्ट्रिय समन्वय परिषद्लाई सक्रिय राख्न र विवादरहीत ढंगवाट अघि बढाउन आफूले भूमिका खेलेको बताए । हाल एनआरएनएले महत्व दिइरहेको विज्ञ सम्मेलनको अमेरिकावाट सुरुवात गराउने देखि आइसिसीले दिएका अन्य जिम्मेवारी समेत व्यक्तिगत र सामुहिक ढंगवाट पुरा गर्ने काममा आफू लागि परेको उनको भनाई छ ।
एक अर्को प्रसंगमा एनआरएनए आइसिसीको कार्यसमितिमा अमेरिकाज क्षेत्रवाट बढी भन्दा बढी प्रतिनिधित्व गराउने आफुले समन्वयकारी भूमिका खेलिरहेको बताउँदैं कम्तिमा एउटैं पदमा धेरैंलाई आकांक्षा नराख्न र एकले अर्कोलाई हराउन भूमिका नखेल्न समेत उनले आग्रह गरे । जोशिले आफु यस अभियानमा केहि लिन नभई दिन आएकोले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालिलाई सहयोग गर्नको लागि आग्रह गर्दै आफु बिजय भएर आए काम गरेर देखाउदै मतको सम्मान गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु