प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

मिस नेशनल २०१९ नैना खड्गी–फस्ट रनरअप उज्ज्वला शाक्य–सेकेण्ड रनरअप संगीता मगर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३०, सोमबार ०७:४७

काठमाडौं। यो बर्षको मिस नेशनल २०१९ घोषणा भएको छ। यो बर्षकी मिस नेशनल २०१९ काठमाडौं डल्लुकी नैना खड्गी बन्न सफल भएकी छन्। रेक्स फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा भएको मिस नेशनल २०१९ को प्रतिस्पर्धात्मक व्युटी पेजेन्टमा नैना खड्गी मिस नेशनल २०१९ बनेकी हुन्।
लक्की ज्वेलर्स प्रमुख प्रायोजक रहेको छैठौ मिस नेशनल २०१९ बन्न सफल नैना खड्गीले मिस नेशनल २०१९ को क्राउनको अलावा बेस्ट र्‍याम्पवाक, मस्ट ट्यालेन्ट, मिस फोटोजेनिक, बेस्ट ड्रेस, बेस्ट हेअर र सोसियल मिडिया एम्बासडर टाइटल अवार्ड समेत जितेकी छन्। फस्ट रनरअप उज्ज्वला शाक्य बनेकी छन्। उज्ज्वलाले मिस क्याटवाक, बेस्ट स्किन तथा मिस स्मार्ट टाइटल अवार्ड पनि हात पारेकी छन्।सेकेण्ड रनरअप भने संगीता मगर भएकी छन्। संगीताले बेस्ट स्माइल र मिस फ्रेण्डसीप गरेर थप दुईवटा टाइटल अवार्ड जितेकी छन्। देशभरका २४ जना प्रतिस्पर्धीहरुले भाग लिएको प्रतिस्पर्धात्मक मिस नेशनल २०१९ को फाइनल राउण्ड टप–८ वीच भएको थियो।
टप–८ मा पुगेका अन्य प्रतियोगीहरुले पनि महत्वपूर्ण टाइटल अवार्ड जितेका छन्। जसअनुसार, मिस डिसिप्लेन रोजी सुवेदी, मिस बेस्ट फिगर रिकिता थापा, मिस पर्सनालिटी प्रिया खड्गी, मिस कन्फिडेन्स रिया खड्गी र मिस एक्युट तथा मिस ट्यालेन्ट सुमिना महर्जन बनेकी छन्।
प्रतियोगीहरुलाई बरिष्ठ मानवअधिकारकर्मी डा.विजय सैंजु, विशेष अतिथि सामाजिक अभियन्ता हरिगोपाल प्रधान, आयोजक रेक्स फेसन होमका प्रवन्ध निर्देशक खगेश रंञ्जितकार तथा सीइओ रेक्स रञ्जितकारले विजयीहरुलाई क्राउन तथा टाइटल अवार्डवाट सम्मानित गरेका थिए।
प्रतियोगिताको प्रमुख निर्णायकमा गायक सचिन रौनियार तथा निर्णायकहरुमा गायिका बुनु राई मानन्धर, मिस्टर नेशनल रविन तण्डुकार, लेक्चर्र संगम रिजाल र मिस नेवा २०१३ सुदिना श्रेष्ठ रहेका थिए।
आयोजक रेक्स फेसन होमका सीइओ रेक्स रञ्जितकारले रेक्स फेसन होमको सोच तथा योजना भनेको नै बर्षमा राष्ट्रको लागि गौरबमय युवा खोजेर अगाडि ल्याउने र राष्ट्रको लागि योगदान दिन प्रेरित गर्ने हो भनेका छन्। प्रवन्ध निर्देशक खगेश रञ्जितकार रेक्स फेसन होमले शिक्षालाई विशेष जोड दिएर व्युटी एण्ड ट्यालेन्ट पेजेन्टहरु गर्दैआएको बताउछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु