पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

बेल्ट एण्ड रोडका लागि नेपालको शक्तिशाली संयन्त्र चाहिन्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३० गते, सोमबार ११:५३

काठमाडौं, २९ भदौ – बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० नेपालको समृद्धि र विकासका लागि सुनौलो अवसर रहेकाले यसबाट बढीभन्दा बढी लाभ लिन नेपालले आन्तरिक तयारी तीब्र पार्नुपर्ने बुद्धिजीवीहरुले सुझाएका छन्। २१ औँ शताब्दीमा यो एक महत्वपूर्ण कार्यक्रम भएकोले यसबाट नेपालले कसरी बढी लाभ उठाउन सक्छ भन्ने विषयमा अध्ययन र रणनीति तयार गर्ने आवश्यक संयन्त्र समेत निर्माण गर्नुपर्ने उनीहरुले बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० सम्वाद विषयक विचार गोष्ठीमा बुद्धिजीवीहरुले यो अवसरबाट बढी लाभ उठाउन र त्यसका लागि नेपालको तर्फबाट छुट्टै उच्चस्तरीय संयन्त्र आवश्यक रहेकोमा जोड दिएका हुन्।

गोष्ठीको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भिर रुपमा उठाएको थिए। बिमिस्टेक सम्मेलनका बेला चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग पनि यो विषय गम्भिर रुपमा उठाएको थिएँ। यो कार्यक्रम निकै महत्वपूर्ण छ। भर्खरै चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्री नेपाल भ्रमण आएर फर्किसकेका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमणको पूर्वसन्ध्यामा यो गोष्ठी हुँदैछ।’

‘हामी असंलग्न र स्वतन्त्र विदेश नीतिको पक्षमा छौं। हामी देशको राष्ट्रिय स्वतन्त्रता सुदृढ गर्ने, भौगोलिक अक्षुणता राख्ने हाम्रो नीति हो’ गोष्ठीमा प्रचण्डले भने, ‘यो हाम्रो घोषित नीति हो, हाम्रो आवश्यकता पनि हो। यसमा हामी दृढ रहन्छौं। यसले शैन्य अभ्यासको परिकल्पना गर्दैन, शक्ति केन्द्रको परिकल्पना पनि गर्दैन। यो सामूहिक विकासको प्रयास हो। यसमाथि पनि बहस छन्। तर, नेपालले यसबाट धेरैभन्दा धेरै लाभ लिन सम्भव छ।’

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० बाट नेपालले ठूलो लाभ उठाउन सक्ने बताएका छन्। उनले भने, ‘नेपालजस्तो देशलाई कनेक्टिभिटीको दृष्टिकोणबाट यो परियोजना निकै महत्त्वपूर्ण छ। हाम्रो व्यापारमा घाटा छ। यो परियोजनापछि हामी विश्व बजारमा प्रतिस्पर्धामा बलियो बनाउन सक्छौं। हामीले उत्तरतिरको व्यापार घाटा कम गर्न सक्छौं।’

गोष्ठीमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रको विकास र समृद्धिका यो एक अवसर भएकाले सबै दल एक ठाउँमा उभिनुपर्ने बताइन्। बीआरआई २१ औँ शताब्दीको महत्त्वपूर्ण र अद्भूत आयोजना भएकाले नेपाल यसमा सहभागी हुने विषयमा नेपाली कांग्रेसले साथ दिने प्रतिवद्धता जाहेर गरिन्। बीआरआईमा सहभागी भइरहँदा नेपालले दुई छिमेकीबीचको सम्बन्धलाई सन्तुलित राख्ने विषयमा ध्यान दिनुपर्ने पनि उनले बताइन्।

गोष्ठीमा नेकपाका नेता अग्नि सापकोटाले विश्व भाइचारा, शान्ति र आर्थिक विकासका लागि बीआरआई अगाडी आएकाले सरकारले शक्तिशाली संयन्त्र निर्माण गर्न ढिला गर्न नहुने बताए। उनले यस परियोजनाबारे नेपालले आन्तरिक तयारी गर्न आवश्यक शक्तिशाली संयन्त्र निर्माण गरिनु पर्ने बताए। सापकोटाले रणनीतिक लाभका दृष्टिले बिआरआई नै नेपालको विकासका लागि वरदान सावित हुनसक्ने समेत उल्लेख गरे।

गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले बीआरआई बृहत् र महत्त्वाकाङ्क्षी योजनाबाट नेपालले आर्थिक विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै नेतृत्वले दूरदर्शी सोचका साथ यस विषयलाई प्राथमिकता दिनुपर्ने बताए। उनले बीआरआईले बहुआयामिक सञ्जाललाई जोडेकाले नेपालजस्तो भूपरिवेष्ठित देशका लागि यो महत्वपूर्ण विषय भएको बताए। उनले कनेक्टिभिटीमार्फत नेपालले पर्यटन क्षेत्रको विकास गर्न सक्नेतर्फ सचेत गराए।

आर्थिक विकासदेखि राजनीतिक मानवीय विकाससम्मका परियोजना यसभित्र रहने उनीहरुको भनाइ छ। तर, नेपालले यसबाट कसरी र कुन कुन विषयमा फाइदा लिन सक्छ भन्ने विषय अन्यौल रहेको उल्लेख गर्दै यस विषयमा आवश्यक रणनीति तयार पारिनु पर्नेमा जोड दिएका हुन्। चीनले अघि सारेको परियोजनाप्रति संसारभरका राष्ट्रहरुको आकर्षण बढ्नुले पनि यसको महत्व बढेको उनीहरुको दावी छ।

गोष्ठीमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकट नेपाल बुद्धिजीवी सङ्गठनका संयोजक दिनेशचन्द्र देवकोटाले नेपालको विकासका लागि रणनीति बनाएर काम गर्नुपर्ने बताए। उनले नेतृत्वले पार्टीभन्दा माथि उठेर विकासको ५० वर्षे दूरदर्शी रणनीति तयार पारेर अघि बढ्नुपर्नेमा जोड दिए। बीआरआईले कनेक्टिभिटीलाई प्राथमिकता दिएकाले नेपालजस्तो देशलाई फाइदा पुग्ने उनको भनाइ छ। कनेक्टिभिटीले नेपालमा लगानीको वातावरण सिर्जना गर्ने देवकोटाको धारणा छ। ‘बीआरआईपछि नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आश्वस्त पार्न सक्छ। यसका लागि हामीले नेतृत्व लिन सक्नुपर्छ’ उनले भने।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक कृष्णराज केसीले नेपालले विकास र समृद्धिको लक्ष्य तय गरिसकेको परिस्थितिमा बिआरआईबाट लाभ लिने कुरामा खुट्टा कमाउन नहुने बताए। उनले भने, ‘यो बृहत्तर सोंच हो, परियोजना हो। नेपाल रणनीतिक महत्वको देश हुनुको नाताले बिआरआईबाट पर्याप्त लाभ लिन ढिलो गर्नु हुँदैन। त्यसका लाभ परियोजना छनोट, सरकारी संयन्त्रको निर्माण र हाम्रो पूँजीगत सामर्थ्यको अवस्थाप्रति हेक्का राखेर काम गर्न जरुरी छ।’

गोष्ठीको समापन सत्रमा बोल्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधव कुमार नेपालले बीआरआईबाट नेपाल बहुआयामिक क्षेत्रमा लाभ लिन सक्ने बताएका छन्। चीनले अघि सारेको यस अवसरलाई नेपालले आफ्नो राष्ट्रिय हितमा प्रयोग गर्न सक्नुपर्ने नेपालले बताए। उनले नेपालले उठाउन सक्ने लाभ उठाउन नसकेको समेत उल्लेख गरे।

नेपालले यस्ता अवसरहरुको प्रयोग पूर्ण रुपमा गर्नुपर्ने नेपालले बताए। उनले नेपालको समृद्धि र विकासका लागि बीआरआई एक महत्वपूर्ण अवसर भएको बताए। नेपालले नेपालको आवश्यकताको पहिचान, खोज अध्यायन गर्नुपर्ने कुरामा जोड दिए ।
नेता नेपालले बिआरआई इण्डोप्यासफिकजस्तो रणनीतिक उद्देश्य बोकेको परियोजना नभएर विकास र समृद्धिका क्षेत्रमा सहकार्यको मौलिक मोडेल भएकोसमेत बताए। ‘बीआरआई कसैमाथि शोषण र आफ्नो देशको स्वार्थका लागि आएको होइन। विकास र समृद्धि सहकार्यका लागि नयाँ सोचसहित आएको मौलिक मोडल हो’ नेता नेपालले भने।

विचार गोष्ठीमा हरि रोका, डा। सरोज धिताल, प्रा।डा। खड्ग केसीले बिआरआई, त्यसबाट नेपालले लिनसक्ने लाभ र चुनौतिसँग सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरि डा। भेषबहादुर थापा, डा। महेश मास्के, टंक कार्की, सिर्जना भण्डारी, प्रा।डा। शिवकुमार राई र प्रा।डा। मदन कोइरालाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए।

गोष्ठीमा सहभागीहरुले बिआरआईका सम्भावना र चुनौतिबारे आ–आफ्ना सुझाव पेश गरेका थिए। कार्यक्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल बुद्धिजीवी संगठनले रणनीतिक महत्वको कार्यक्रम आयोजना गरेकोमा अतिथि र सहभागीहरुले कृतज्ञतासमेत व्यक्त गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु