“दशैँ आयो” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार १२:०९

काठमाडौँ – नेपालीहरुको महान् चाड विजया दशमी तथा शुभ दिपावली नजिकिँदै गर्दा गायक सन्जय थापाको आवाजमा “दशैँ आयो” बोलको गीत सार्वजनिक भएको छ । डि.पी खनालको शब्द रहेको यस गीतमा म्युजिक एरेन्ज विश्व अधिकारीको रहेको छ ।
चर्चित कमेडि कलाकार तथा मोडल यादब देवकोटा “सरापे”, चर्चित मोडल करिष्मा ढकाल र गायक सन्जय थापा र अन्य बालकलाकारको अभिनय रहेको यस गीतमा दशैँ तिहारको रमाइलो क्षणहरु प्रस्तुत गरिएको छ । सागर गौतमको छायांकन रहेको उक्त गीतलाई यादब देवकोटा “सरापे”ले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु