एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

पोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७६’ बाट अधिकारी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३० गते, सोमबार १२:१८

काठमाडौं । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी (अविरल)‘पोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । सोमबार धुम्बराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा आयोजित पाँचौ पोष्ट बहादुर बोगटी स्मृति दिवसको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्षसमेत रहनुभएका अधिकारीलाई सो सम्मानप्रदान गर्नुभएको हो ।
सो पुरस्कारका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द्र आचार्यको संयोजकत्वमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पम्फा धमला र राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का उपाध्यक्ष प्रकाश खालिङ रहेको तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसमा पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सो पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो ।
पूर्व पर्यटनमन्त्रीसमेत रहनुभएका नेता बोगटीको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राशी २५ हजार रुपैयाँ बराबरको रहेको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले स्व. बोगटीलाई एक निष्ठावान अनि निस्वार्थी नेताको रुपमा चित्रण गर्नुभयो ।
आफ्नो हरेक सुखदुखमा बोगटीले साथ दिएको उल्लेख गर्दै उहाँले बोगटीको ऐतिहासिक परिवर्तन र उपलब्धिहरुलाई संस्थागत गर्नका लागि एकता र दूरदृष्टीका साथ अघि बढ्नुपर्ने प्रेरणा आफूलाई मिलिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, पूर्व सभामुख ओनसरी घर्तीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु