पदक सहित साम्बो खेलाडी स्वदेश फिर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३० गते, सोमबार १४:४३

काठमाडौं ।सेप्टेम्बर १० देखि शुरु भई १६ तारिखसम्म भारतको नयाँ दिल्लीमा भएको एसियन साम्बो प्रतियोगितामा नेपालले छ पदक जित्न सफल भएको छ ।
उत्त खेलाडी टोली ६ पदक सहित आज स्वदेश फिर्ता भएको छ।
प्रतियोगितामा सहभागी नेपाली टोलीका साब्बारानी महर्जन, रचना लामा र मीरा पौडेलले रजत, पदक जित्न सफल भएका हुन् । त्यसैगरी सुदन लामा,निरज भण्डारी र भगवाती माझीले कास्य पदक हात पारेका छन् ।
प्रतियोगिताका लागि नेपाली टोली गत साता भारत गएको थियो ।
प्रतियोगितामा नेपालसहित ४४ वटा राष्ट्रका खेलाडीको सहभागीता रहेको थियोे ।
खेलाडी टोलीलाई स्वागत गर्न उपमहासचिव कृष्ण बहादुर राउत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु