दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

गणेशमान सिंह पार्क क्षेत्रमा बृहत सरसफाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३० गते, सोमबार १७:४२

ललितपुर, ३० भाद्र – ललितपुर महानगरपालिका वडा नम्बर ५ को आयोजनामा जावलाखेल स्थित गणेशमान पार्क बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘स्वच्छ,सफा, हराभरा, धुवा धुलो रहित वडा’ बनाउने अभियान अन्तर्गत आयोजित उक्त बृहत सरसफाइ कार्यक्रममा ललितपुर महा नगरपालिका उपमेयर गीता सत्याल, ललितपुर महानगरपालिका ०५ नम्बर वडाका वडाध्यक्ष विकासमान श्रेष्ठ, वडा सदस्य, कर्मचारी, विभिन्न संघ संस्था, क्लब , टोल विकास संस्था, नेपाल प्रहरी, दिदिबहिनी समूह र सफाई अभियन्ताको सहभागीता रहेको थियो ।

सरसफाइ शुरु हुनु अघि एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट संबोधन गर्दै ललितपुर महानगरकी उपमेयर गिता सत्यालले राणा शासन बिरुद्ध लड्ने लौह पुरुष गणेशमान सिंहको नाममा निर्माण गरिएको पार्क क्षेत्रको संरक्षण गर्न ध्यान नपुग्नु सबैको कमजोरी रहेको औल्याईन् । साथै उनले भावी दिनमा ललितपुर महानगरपालिका, वडा नं ५ र पार्क संरक्षण समितिको त्रिपक्षीय सहकार्यबाट पार्कलाई ब्यवस्थित गर्न आवश्यक रहेको बताईन् ।
सरसफाई अभियानका नेतृत्वकर्ता वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले पार्क बन्द र झारै झारले छोपिएको अवस्था गलत भएको दर्शाउदै पार्क बनाएर संरक्षण चाहिँ नगर्ने तरिका सुधार्न आवश्यक रहेको आंैल्याए। उनले काम भन्दा कुरा गर्ने संस्कारको बानी बन्द गर्नुपर्ने भन्दै पार्कलाई खुल्ला र ब्यवस्थित गर्न सक्नु पर्ने बताए ।
पार्क संरक्षण समितिका सचिव निगेन्द्रराज शर्माले पार्क भित्र रहेको प्रतिमा निर्माण कार्यको लागि समिति निर्माण गरिएको र प्रतिमा स्थापना पछि समिति निस्कृय हुन पुगेको प्रसङ कोटयाउदै पार्क संरक्षणमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

५ नं वडा स्वास्थ्य कार्यान्वयन समिति, ओबिए परियोजना, रिपेक र तोट्राक्टको सह आयोजनामा भएको उक्त अभियानमा महानगरीय प्रहरी प्रभाग लगनखेल, नेप्सेम्याक, बहुउद्धेश्यीय क्लिनिङ् सर्भिस, वार्ड नं ५ का टोल विकास संस्था, महिला समुहहरु, कुमारीपाटी क्लब तथा गणेशमान पार्क संरक्षण समिति लगायतका संस्थाको समन्वय रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु