नेकपा(एकीकृत समाजवादी)कामपा वडा न २ को कमिटी गठन,संयोजकमा उदय कंशाकारगुरुङको नेतृत्वमा ‘सेभ द नेशन मुभमेन्ट’ सुरुकेपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफल

कतारको जेलमा थुनिएका बिनोद रानाभाट स्वदेश फिर्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार ०७:२३

काठमाडौं / कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाट स्वदेश फर्किएका छन। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले ५ महिना भित्र भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने पारिवारिक श्रोतले जनाए अनुसार उद्धारका लागी रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सवैसंग सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठाई उनलाई उद्दार गरिएको हो । उनि नेपाल फर्कियसगै उद्धार समितिले आफ्नो कामले सफलता पाएको भन्दै खुसि व्यक्त गरेका छन ।समचार जनसवाल डट कम बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु