डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा जापानबाट किरण बिक्रम थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १, बुधबार ११:१६

जापान ।गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलनमा जापानबाट किरण बिक्रम थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय संयोजक रहनु भएको थापाले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनको विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ । एनआरएनएमा ‘संस्थागत निरन्तरता र कामप्रतिको दृढता’ को लागि आफनो उम्मेदवारी भएको थापाले बताउनुभयो । थापाले एनआरएनमा धेरै बोलेर भन्दा पनि काम गरेर देखाउन आवश्यक भएको बताउनुभयो । संस्थामा बुलन्त हुने किसिमको आवाज उठाउन र कामलाई उच्च स्थानमा पुर्याउन अगाडि बढ्ने थापाले बताउनुभयो ।

एनआरएनको स्थापनाकालदेखि नै संस्थामा आबद्ध रहनु भएको थापा २००३ देखि २००५ सम्म एनआरएनए एनसिसी जापानको कार्यसमिति सदस्य, २००७ देखि २०११ सम्म लगातार दुई कार्यकाल आइसिसी सदस्य, २०११ देखि २०१३ मा एनआरएनए एसिया प्याशिफिक ( डिआरसी) सहसंयोजक, २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए एसिया प्याशिफिक (आरसी) संयोजक पदको प्रतिस्पर्धी र एनआरएनए एनसिसी जापानको सल्लाहकार, २०१५ देखि २०१७ र २०१७ देखि २०१९ सम्म गरि दुई कार्यकाल लगातार एनआरएनए एसिया प्याशिफिक क्षेत्रको संयोजक (आरसी) को जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु