ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

देशभर भारी बर्षा हुने सम्भावना सतर्क रहन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १, बुधबार ११:३०

काठमाडौँ– आज बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ,बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो । बुधबार गण्डकी प्रदेशको धेरैजसो भूभाग र प्रदेश नम्बर २, ३ र ५ का केही भूभागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरैजसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले ती ठाउँका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरूमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण मंगलबार पनि हवाई उडान र अवतरण प्रभावित भएको थियो । लुक्लाबाट काठमाण्डौका लागि उडेका हेलिकोप्टर काभ्रे र सिन्धुलीमा सुरक्षित अवतरण गरेर बेलुकी मात्र काठमाण्डौ अवतरण भएका थिए ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको पानी पार्ने हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार कोशी, बागमती, नारायणी,पूर्वी राप्ती रिउखोला, आरुण,तिनाउ,बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर,बारा,पर्सा, चितवन,नवलपरासी, रुपन्देही,कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने,केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु