एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

लिटल आईडल २०१९’ को सिजन ३ संचालन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १ गते, बुधबार १४:१२

लिटल आईडल २०१९’ को सिजन ३ संचालन हुँदै

काठमाडौं। ‘लिटल आईडल२०१९’को सिजन ३ संचालन हुने भएको छ।
कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरुले सहभागी जनाउन पाउने आइडलको प्रि–अडिसन दशैंभन्दा अगाडि नै हुने भएको हो।

विशेषगरी विद्यालयबाट औपचारिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिने आइडलमा सहभागी बालबालिका सबै क्रियाकलापमा तिक्ष्ण हुनुपर्ने कार्यक्रम संयोजक श्रेया तामाङले जानकारी दिइन्।

ट्रिवेल फेसन कन्सर्नको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा हुने कार्यक्रमले प्रि–अडिसनपश्चात् १५ देखि २० दिनसम्मको विभिन्न ट्रेनिङ्गहरु दिने छ।

कार्यक्रममा कोरियोग्राफरको भूमिकामा रन्जीता भट्टराई रहने आयोजकले जनाएको छ। विजेताहरुलाई के राशी प्राप्त दिने भन्नेबारे भने टुंगो भइनसकेको बताइएको छ।

आईडलको पहिलो र दोस्रो सिजन भने सन् २०१३ र २०१५ मा सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु