काठमाडौं, १ असोज – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन अनुसार नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन सुरू गरेको छ । अाजैबाट भाडामा ५० प्रतिशत छुट लागू भएको एयरलाइन्सका सह प्रवक्ता सुलेख मिश्रले बताएका छन् ।
नेपाल एयरलाइन्सले छुट दिएपछि अन्य निजी जहाजलाइ पनि छुट दिन दबाब पर्ने सरकारको अनुमान छ । यद्यपी निजी वायु सेवा कम्पनीहरूको संघले विज्ञप्ति नै निकालेर मन्त्रीको निर्देशन कार्यान्वयन गर्न नसकिने बताइसकेको छ ।