ग्लोबल अनलाईन पे को डिजिटल भोटिङ सेवा प्रारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २ गते, बिहीबार १४:४३

काठमाडौँ, ०२ असोज – मोडल सङ्स नेपालले ‘ग्लोबल अनलाईन पे’ डिजिटल भोटिङको सेवा प्रारम्भ गरेको छ । बिभिन्न इभेन्ट तथा कार्यक्रमहरुमा आफुलाई मनपरेको प्रतियोगिलाई भोटिङ गरि जिताउनको निम्ति ‘ग्लोबल अनलाईन पे’ मार्फत भोट गर्न सकिन्छ । नेपालमा चलेका डिजिटल वालेट तथा मोबाईल बैंकिङ/ ईन्टरनेट बैंकिङ मार्फत भुक्तानी गरी सजिलै संग भोटिङ गर्न सकिने गेट वे हो ‘ग्लोबल अनलाईन पे’ ।

गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गरी प्रयोग गर्न सकिने ‘ग्लोबल अनलाईन पे’ मोबाइल एपको “डिजिटल अनलाईन भोटिङ” कार्यक्रम आश्विन ०१ गते देखी अौपचारिक रुपमा शुरु भएको हो ।

मोडल सङ्ग्स नेपालको मोबाइल एप ‘ग्लोबल अनलाईन पे’ लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणिकरण गरिएपछि अथवा मोबाईलको ब्राउजरमा गएर ग्लोवल अनलाईन पे डट कम सर्च गरी सम्बन्धित इभेन्टमा गई ई-सेवा, आईएमई पे, फोन पे लगायत नेपालमा संचालित करिव ४२ वटा बैंकहरुको मोवाईल बैंकिङ तथा ई-बैंकिङ सेवा मार्फत रकम भुक्तान गरि भोटिङ गर्न सकिन्छ ।

मोडल सङ्ग्स नेपालले संचालनमा ल्याएको ‘ग्लोबल अनलाईन पे’ का प्रमुख डेविल सिंह राजपुत भन्छन्–“ग्लोबल अनलाईन पे को प्रमुख लक्ष्य भनेको पब्लिक च्वाईसको रुपमा गरिने भोटिङलाई सहज बनाउदै मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेट तथा मोबाईल बैंकिङको प्रयोग गरी भोटिङलाई सजिलो भन्दा सजिलो बनाउनु नै हो । हाल ‘ग्लोबल अनलाईन पे’ बाट गरिने भोटिङको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ र आउँदा दिनमा यो अझै बढ्दै जाने देखिएका कारण हामी आशावादी छौ’उनले भने ।
प्रयोगकर्ताहरूको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै हामीले भुक्तानी गर्ने माध्यमहरु पनि बढाउँदै जाने लक्ष्य लिएका छौ’ उनले थपे ।

राजपुतका अनुसार सन् २०१९ को अन्त्यसम्म नेपालभन्दा बाहिरबाट समेत ‘ग्लोबल अनलाईन पे’ बाट नै भुक्तानी गर्न सकिनेछ । तथापि अहिले पनि नेपाल बाहिर रहेकाहरुले नेपालमा भएको आफ्नो बैंक अकाउन्टबाट मोबाईल बैंकिङ सुविधा लिएर यो सुविधा उपयोग गरि भोटिङ गर्न सक्नेछन ।”

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु