पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदैआज मिति २०७८ असाेज ८ गते, शुक्रवारको राशिफलएनआरएनएको विवाद परराष्ट्रले हेर्न पाउने, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकारएनआरएनए संरक्षकहरुको बैठकद्वारा छानबिनपछि मात्रै निर्वाचन गर्ने निर्णयपछिल्लो २४ घन्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टिदाहाल र केडियाको अर्थमन्त्रीलाई सुझाव : कृषिमा विदेशी लगानी ल्याउँदा बिचार गर्नुपर्नेडा. आदित्य जोशीको नयाँ गीत ‘मिठा मिठा बात’ सार्वजनिकराष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्तमिसन भण्डाफोर को शुभारम्भ आजप्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई स¥यो

नेमकिपाकाे ७ ओेै महाधिवेशनमा बालबालिकाको प्रयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार ११:३८

भक्तपुर- नेपाल मजदुर किसान पार्टीले आफ्नो ७ ओै महाधिवेशनकाे उद्घाटन सत्रमा बालबालिकाको प्रयोग गरेको छ । भक्तपुर जिल्लामा अध्ययनरत विद्यार्थीहरुलाई पार्टीले प्रयोग गरेको हो । उनीहरुलाई गाडी सहित विद्यालयकाे पाेशाकमा झिकाइ पार्टीकाे झण्डा, क्याप, टिसर्ट लगाएर नारा बाजिमा उतारिएको थियो । बालबालिकाहरुलाई कुनै पनि राजनीतिक दलकाे कार्यक्रमहरुमा प्रयाेग गर्न पाईदैन । बिद्यालय र बालबालिकाहरुलाई शान्ति क्षेत्रका रुप लिईनुपर्ने विश्वब्यापी मान्यता छ । यसै अनुरुप नेपालका सम्पुर्ण राजनीति दलहरुले प्रतिबद्धता ब्यक्त गर्दै आएका मात्रै होईन हस्ताक्षर समेत गरेका छन । तथापी नेमकिपाले राजनितिक दलकाे आचार संहिता, नेपालकाे संविधानमा उल्लेख भएकाे बालबालिका सम्बन्धि हक, र बालबालिका सम्बन्धि ऐन – २०७५ काे भावनालाई कुल्चेको छ । यस प्रकारका क्रित्यलाई बालबालिकाहरुकाे चरम दुरुपयोगको रुपमा लिने गरिन्छ । भविष्यका कर्णाधार वर्तमानका साझेदार मानिने अबाेध बालबालिकाहरुलाई प्रयाेग गरिएकाे विषयमा भक्तपुरका बालअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु