रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाली दूतावास ओमनले बिशेश कार्यक्रम सहित मनायो संविधान दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ५, आईतवार ०६:३६

ओमन – ओमनस्थित नेपाली दूतावासको आयोजनामा संविधान दिवस मनाइएको छ । बिहीबार साँझ आयोजना गरिएको कार्यक्रममा ओमनको वातावरण तथा मौसम मामिलामन्त्री मोहम्मद विन सलिम विन अहम्द अल टोवी सहभागी थिए । कार्यक्रमको सुरुआत अतिथी तोबी र नेपाली राजदूत शर्मिला पराजुली ढकालले संयुक्त रुपमा केक काटेर सुरुआत गरेका थिए । समारोहलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालको संविधानले बहुदलीय संसदीय व्यवस्था, कानूनी शासन, संघीयता, धर्म्निरपेक्षता, समावेशीता, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र मानवाधिकारलाई अंगीकार गरेको उल्लेख गर्दै नेपालको संविधान निमार्ण पश्चात मुलुक विकासको गतिमा हिडेको बताएकी थिइन् । उनले भनिन्(’नयाँ संविधान जारी भएपछि मुलुकमा शान्ति तथा अमनचयन सहित विकासका योजनाहरुले प्राथमिकताका आधारमा काम सुचारु गर्न थालेको छ ।

साथै उनले नेपालको राजनैतिक, ऐतिहासिक, सांस्कृतिक, भौगोलिक, प्राकृतिक, तथा पर्यटन क्षेत्रको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै सबैलाई एक पटक नेपाल घुम्न आउन समेत आग्रह गरेकि थिइन् । कार्यक्रममा ओमनी गायक हैथाम मोहम्मद रफी, ग्रिक ओमनी गायक दनायी पाछीयाननाकीले नेपाली गीत प्रस्तुत गरेका थिए । नेपाली समुदायको तर्फबाट समेत संगीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा ओमानका उच्च सरकारी अधिकारीहरुका साथै अन्य मुलुकका कुटनैतिक नियोगका प्रमुखहरु, ओमानमा क्रियाशिल रहेका संचार माध्यमका प्रतिनिधिहरु, उद्यमी, व्यवसायी तथा पर्यटनसंग सम्वन्धित व्यक्तित्वहरु, गैरआवासीय नेपाली संघ एनआरएनएका प्रतिनिधिहरु,सहित ओमानमा सक्रिय रहेका सम्पुर्ण नेपाली संघ–संस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु