‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ५ गते, आईतवार ०८:१४

काठमाडौं। दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरले सिनेमा राजनीति र प्रेमको समिश्रण रहेको यस चलचित्रको ट्रेलर शुक्रबा सार्वजनिक गरिएको हो।

असोज २४ गते रिलिज हुने फिल्ममा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै कथालाई अभिनेता दिपकराज गिरीले पटकथाको रूप दिएका हुन् भने संवाद लेखनमा उनले केदार प्रसाद घिमिरे, जितु नेपाल तथा अभिमन्यू निरवीसँग सहकार्य गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु