महिलाको आर्थिक सशक्तिकरण लागि नेपाल महिला चेम्बरको सांस्कृतिक कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ५ गते, आईतवार १२:०७

काठमाडौं, ०५ आश्विन – नेपाल महिला चेम्बरले शुशिला आर्ट एकेडेमी तथा रुसी सांस्कृतिक केन्द्रसँगको समन्वय माझ शनिवार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली महिलाको आर्थिक सशक्तिकरणका निम्ति कोष बृद्धि गर्ने उदेश्यका साथ रुसी सांस्कृतिक केन्द्रमा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदुत फ्रान्सोयस जिभियर लेगर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, शुशिला आर्ट एकेडेमीकी संस्थापक युलिया कोईराला, रुसी सांस्कृतिक केन्द्रका उप निर्देशक लगायतको ऊपस्थिती रहेको थियो।

सांस्कृतिक कार्यक्रम माझ सुशिला आर्ट एकेडेमीका कलाकारहरुले नेपाली लोक नृत्य, रसियाली सांस्कृतिक नृत्य एबम् नेपाली र रसियाली कला मिश्रित नृत्य प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु