दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन, कर्पोरेटका प्रबन्ध निर्देशक सुष्मा महरा पुन कोषाध्यक्षमा निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ६ गते, सोमबार १४:३५

काठमाण्डौं -कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबरका प्रबन्ध निर्देशक सुषमा महरा पुन नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको कोषाध्यक्षमा निर्वाचित भएकी
छन् । महरा यस अघि तदर्थ समितिमा पनि कोषाध्यक्षको भुमिकामा थिईन् । बरिष्ठ ब्युटिसियन समेत रहेकी महरा जुझारु महिला ब्यवसायीका रुपमा समेत परिचित छिन् । विभिन्न संघ सस्थामा आवद्ध रहेकी महराले व्यवसायीहरुको हक हितका निम्ति नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी छिन् । व्यवसायिक वातावरणका लागि भष्टा«चारको विरुद्धमा समेत आवाज उठाउदै आएकीे महरालाई एक निडर एवं सक्षम महिला उद्यमीका रुपमा हेरिदै आईएको छ ।

दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन
त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको प्रथम वार्षिक साधारण सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा हेमराज ढकाल, जयप्रकाश शिवाकोटी, राजेन्द्र शेरचन, महासचिवमा रमणा श्रेष्ठ, सचिवमा लोकनाथ गैरे, कोषाध्यक्षमा सुषमा महरा, सहकोषाध्यक्षमा दुर्गाराज श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा नानीराज घिमिरे, अमूलकाजी तुलाधर, प्रदीपमान प्रधान, सतिश श्रेष्ठ, गोविन्दप्रसाद शर्मा, दीपक भण्डारी, महेन्द्रकुमार गोयल, राजेन्द्र संग्रौला, भरतराज घिमिरे, खेमबहादुर स्वार निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु