डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

गैरआवासीय नेपाली संघको अध्यक्षमा आज आचार्यको औपचारिक उम्मेदवारी घोषणा हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ७, मंगलवार ०९:०९

काठमाडौं, ७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भएका छन् । आचार्यले आज मंगलबार (२४ सेप्टेम्बर) मा लन्डनमा कार्यक्रम आयोजना गरेर एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्ने भएका छन् ।
आचार्यले ९ सुत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेको कुल आचार्य समूहका एक सल्लाहकारले जानकारी दिएका छन् । ‘अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा कर्मभूमि लण्डनबाट गरिने छ,’ आचार्यलाई उदृधत गर्दै एक सल्लाहकारले भने, ‘तर, उहाँको प्रतिवद्धतापत्र कर्मभूमिबाट जारी गरिने छ ।’
आचार्यले काठमाडौंमा अर्को साता एक कार्यक्रमको आयोजना गरी विस्तृत प्रतिवद्धता पत्र जारी गर्ने बताइएको छ ।

के–के छन् एजेन्डा ?
एनआरएनएको आगामी सम्मेलन एजेन्डाविहीन भएको टिप्पणी भइरहेको समयमा आचार्यले स्पष्ट दृष्टिकोणका साथ ९ सुत्रीय एजेन्डा अघि सार्न लागेका छन् ।
नेपालको आर्थिक विकास र समृद्धिमा विशेष योजदान गर्ने दृष्टिकोणसहितको नीति र कार्ययोजना प्रस्तुत गरिने आचार्यको तयारी छ ।
‘मातृभूमिको समृद्धिको राष्ट्रिय अभियानसँग विश्वभरि रहेका नेपालीहरुलाई जोड्नु छ, त्यसैले हामीले नेपालको विकास र नेपाली मूल्य–मान्यता, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विशेष योगदान गर्ने घडी आएको छ,’ आचार्यले भने ।
संविधानको मर्म अनुसार गैरआवासीय नागरिकता जारी गर्न निर्णायक पहल गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गरेका छन्। उनले एक पटकका नेपाली सधैँका नेपाली भन्ने भावनालाई प्रतिनिधित्व गर्दै नागरिकताको विषयलाई टुंग्याइनु पर्ने बताए ।
आचार्यले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एनआरएनएमार्फत आफु लाग्ने प्रण गरेका छन् ।
साथै गैरआवासीय नेपाली संघको संस्थागत सुधार गरी केन्द्रीय सचिवालयलाई प्रभावकारी र कार्यमूलक बनाउने एजेन्डा पनि आचार्यले अघि सारेका छन् ।
‘गैरआवासीय नेपालीहरुको बारेमा जानकारी संकलन गर्ने, कुनै समस्या भएमा तत्काल एक्सनमा जाने र त्यसको समाधान गर्ने तथा केन्द्रीय सचिवालयलाई अझै प्रभावकारी बनाउनै पर्छ,’ उनले भने, ‘मैले यस विषयमा विस्तृत कार्यक्रम निर्माण गरेको छु ।’

यसैबीच, गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिएपछि पूर्व केन्द्रीय अध्यक्षहरुले पनि सक्रियता बढाएका छन्। पूर्वअध्यक्ष शेष घले लन्डन पुगेर गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको विषयमा अध्यक्षका प्रत्यासी कुल आचार्यसँग गम्भीर छलफल गरी रणनीति बनाएको बेलायतस्थित एक उच्च स्रोतले बताएको छ । अब एनआरएनएको नेतृत्वमा दूरगामी सोच बोकेको व्यक्तिलाई नै पु¥याउनु आवश्यक भएको भन्दै लोकतन्त्रवादी उम्मेदवार आचार्यलाई सहयोग गर्न घलेले आफु निकटहरूलाई निर्देशन दिएको बताइएको छ ।
अध्यक्षका प्रत्यासी आचार्यले घलेका साथै पूर्वअध्यक्ष देवमान हिराचन र वतर्मान अध्यक्ष भवन भट्टसँग पनि आगामी विश्व सम्मेलनमा कसरी जाने भन्ने विषयमा निरन्तर छलफल गरिरहेका छन् ।
‘चुनावी रणनीति बनाउन हामी व्यस्त छौं, विश्वभरिका गैरआवासीय नेपालीहरुलाई समेट्ने गरी प्रतिवद्धता आउँदैछ, हामी अहिले निर्णायक चरणमा छौं,’ उपाध्यक्ष आचार्य निकट स्रोतले भन्यो ।
पूर्व अध्यक्ष घले, हिराचन तथा वर्तमान अध्यक्ष भट्टले यस पटक आचार्यलाई साथ दिने संकेत गरिसकेका छन् । संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछाने खुलिसकेका छैनन् । पूर्व अध्यक्ष लामिछाने अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको पक्षमा भएको भनिए पनि अहिले उनले ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेको बताइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सचिव चिरञ्जीवी ढकालले संघलाई अझै प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्ने अभिभारा रहेको बताउँदै आचार्य यसका लागि योग्य रहेको बताए ।
‘गैरआवासीय नेपाली संघलाई सुस्त गतिमा लगेर हुँदैन, तीव्र गतिमा लैजानका लागि डाइनामिक लिडर चाहिन्छ,’ उनले भने, ‘त्यसका लागि वर्तमान उपाध्यक्ष आचार्य योग्य हुनुहुन्छ ।’
सन् २००३ मा नेपालीहरुको हितमा कार्य गर्ने उद्देश्यले स्थापना कालदेखि नै एनआरएनएको अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आचार्य वर्तमान उपाध्यक्ष हुन् । आचार्य गैरआवासीय नेपाली संघ बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भएर कुशल नेतृत्व गरिसकेका आचार्य गैरआवासीय नेपाली समुदायबीच लोकप्रिय छवी बनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु