अमु दियालीको “हेर्दाहर्दै ” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ७ गते, मंगलवार १९:१२

काठमाडौं ।अमु दियालीको “हेर्दाहर्दै ” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई लाइमलाइट नेपालको युटयुबबाट सार्वजनिक गरिएको छ । असिम केसीको शब्द तथा संगीत रहेको उक्त गीतमा ब्रिजेश श्रेष्ठको एरेंज रहेको छ । एक युवकको मनको भाव समावेश गरिएको उक्त गीतमा मायालुलाई परखिएर बसेको तर मायालु नआएको कुरा गरिएको छ ।
टिकटकका भिमल शाही र लक्ष्मि शाहीको अभिनय रहेको उक्त गीतको भिडियो प्रेम लामाले छाँयाकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा बिछोडको पिडा देख्न सकिन्छ । टेकेन्द्र शाहको निर्देनशमा तयार भएको उक्त गीतको भिडियोलाई टेकेन्द्र शाहले नै संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु