कतार–कतारका लागि नेपाली राजदूत महामहिम डा नारदनाथ भारद्धारलाई भव्य स्वागत गरिएको छ । कतारस्थित नेपाली व्यवसायी संघका अध्यक्ष महेन्द्र चौलागाई, गैरआपवासीय नेपाली संघ(एनआरएनए) एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, सुनिलकुमार घिमिरेलगायतको उपस्थितिमा राजदूत भारद्धारजलाई उनकै निवासमा भव्य स्वागत गरिएको हो । राजदूतलाई स्वागत गर्दै व्यवसायी संघका अध्यक्ष अध्यक्ष चौलागाईले उनको कार्यकालमा कतारमा रहेका चार लाख नेपाली र दुई देशिबीचको सम्बन्ध अझैं सुदृढ बन्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरे । अञ्चका अध्यक्ष पोखरेलले भारद्धाज कतार आएपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध बिस्तार गर्दै यहाँ रहेका नेपालीहरुको हकहितका लागि काम गर्नेमा बिश्वस्त रहेको बताए । यस्तै एनआरएनए कतारका अध्यक्ष मुक्तदाले राजदूतको स्वागत गर्दै आफुहरु दुताबाससँग सहकार्य गरेर अगाडि बढने बताए ।
राजदूत भारद्धारजले कतार रोजगारी र कतारमा रहेका अन्य पेशामा संलग्न नेपाली नागरिकको हक, अधिकार रक्षाका लागि सरकारले पहल कदमी गदै आएको बताए । कतार र नेपाल सरकारबीच श्रम सम्झौता नवीकरण गर्ने विषयमा छलफल तथा तयारी भइरहेको बताउँदै राजदूतले नेपाल र कतारको सम्बन्ध विस्तारसँगै नेपाली श्रमिकको हक, अधिकार स्थापित गर्दै सम्मानित रोजगारीको वातावरण निर्माण गर्ने पहल गर्ने बताए ।
कुराकानीका क्रममा नवनियुक्त राजदूत भारद्वाजले कतारसँग श्रमिकका विषयसँगै विकास र लगानी भित्राउन साझेदारी गर्नुपर्ने जनाए । पछिल्लो समय एनओसी भिसाका नाममा कतार जाने नेपाली अलपत्र पर्ने गरेको समस्यालाई मध्येनजर गर्दै काम गर्ने उनको धारणा रहेको छ । ‘कतारमा रोजगारीका लागि जाने र उतै कार्यरत नेपाली श्रमिकको हकहितसँग संरक्षण गर्ने दायित्व दूतावासको हो । कतार सरकारले विदेशी कामदारका हकमा आफना नियम परिवर्तन गरेर सुविधा बढाइरहेको छ । नेपाली नियोगले समन्वयनको काम मात्र गर्ने हो । कतारमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीसँग छलफल गरेर नेपालमा लगानी भित्राउन प्रयास दूतावासको हुनेछ । नेपालबाट कृषिको सामाग्री आयात गर्ने सम्भावना पनि प्रबल छ । नेपालबाट कतार सरकारले खानेपानी लैजानका लागि पहल गरिरहेको छ । खानेपानी सप्लाई गर्ने विषयमा सम्बन्धी निकायसँग नेपालमा रहेको कतारी कुटनीतिक नियोगमार्फत छलफल पनि भइरहेको जानकारी पाएको छु’, भारद्धाजले बताए ।
रजदूत भारद्धाजले कतारमा नेपालीले विभिन्न क्षेत्रमा व्यवसाय र अन्य पेशा गरेर बसिरहेका बताउँदै उनीहरुममार्फत नेपालमा उत्पादन भएका विभिन्न प्रकारका सरसामान कतार निर्यात गर्न सकिने बताए । ‘कतार श्रमबाट समृद्ध भएको देश हो, यहाँ नेपाली उत्पादन बेचेर नेपाललाई पनि समृद्ध बनाउनुपर्छ । कतारसँग नेपाल सरकारले ठूलो व्यापार गर्न सक्ने सम्भावना छन् । अब नेपालले श्रमिक आपूर्तिका लागि मात्र होइन । व्यापार र लगानीका लागि दोहोरो पहल गर्नुपर्छ । कतारसँग श्रमिक आपूर्ति मात्र ठूलो विषय होइन । कतारी जेलमा रहेका नेपाली श्रमिकका बारेमा पहिला अध्ययन गर्छु, यो विषयमा सत्यतथ्य नबुझी बोल्नु मैले उपयुक्त ठानिन । उनीहरुलाई जेलमुक्त गराउन गर्नुपर्ने कुटनीतिक पहल मैले कार्यभार सम्हालेदेखि नै प्रयास रहने छ’, राजदूतले भने ।
राजदूत भारद्धारजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार प्रवद्र्धन सचिवालयले २ वर्षदेखि विदेशमा कैदी जीवन बिताइरहेका कामदारलाई कानुनी परामर्शका लागि पहल र उद्धारका लागि काम गदै आएको बताउँदै नेपाली कामदारलाई निःशूल्क कतार रोजगारीका लागि पठाउने वातावरणको निर्माण दूतावासले बनाउने पनि बताए । ‘दूतावासले नेपाल र कतारमा दुई सरकारलाई जोडने पुलको काम गर्नेछ । अब कतार रोजगारीका लागि पुगेका श्रमिकले दुःख पाउँदैनन्,’राजदूतले भने । कतार नेपाली युवाको मुख्य रोजगार गन्तन्य मानिन्छ । यहाँ वार्षिक १ लाख युवा रोजगारीको खोजीमा पुग्ने गरेका छन् । कतार नेपाली युवाको मुख्य रोजगार गन्तन्य मानिन्छ । यहाँ वार्षिक १ लाख युवा रोजगारीको खोजीमा पुग्ने गरेका छन् ।