• नेपाल चेम्वर अफकमर्सद्धारा छात्रवृत्ति प्रदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १०:३५

    काठमाण्डौं, ०८ आश्विन – नेपाल चेम्बर अफकमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु रहेका चेम्बरले जनाएको छ ।

    छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध)क्याम्पस मैतिदेबीमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातकतह पढ्न पाउने भएका छन् ।
    १०ं२ पास वा सो सरह अध्ययन गरेकाविद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिएका थिए । यस योजनाबाट महिला विद्यार्थीहरुले ३ वर्षका लागि लाभ लिने भएका छन् । यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ ।यो विषय अध्ययनका लागि छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधि भर रु.६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।
    चेम्बर र एल.बि.इ.एफ.(लर्डबुद्ध)क्याम्पस बीच भएको समझदारीपत्र अनुसार गठीत छनौट समितिले छात्रवृत्ति छनौट गरेको थियो ।
    छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेली, संखुवासभा प्रदेश न. १, मेनुका गुरुङ, इटहरी, प्रदेश न. १, सुप्रया ठाकुर, रौतहट प्रदेश २, अन्वेषा खड्का, दोलखा, प्रदेश न. ३, र कृटिना श्रेष्ठ, काठमाडौं, प्रदेश ३ परेका छन् ।
    आगामी वर्ष देखी सबै प्रदेशको प्रतिनिधि हुने गरी छनौट गर्ने व्यवस्था गरिएका चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीका अध्यक्ष दिपककाजी तुलाधरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु