ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

सन्तोष कुमार भट्टराईद्वारा एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ८, बुधबार १३:०३

काठमाडौं, ०८ आश्विन – गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आशन्न विश्व सम्मेलनको पूर्वसन्ध्यामा जर्मनीका सन्तोष कुमार भट्टराईले यूरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिगत लामो समय देखि जर्मनीको ह्याम्बर्गमा ब्यबसाय गर्दै आएका भट्टराई स्थानीय नेपाली माझ निकै सहयोगीको रूपमा परिचित छन् । बिश्व भरका ७८ देशमा फैलिएको ९एन आरएनए ० को बिश्व सम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौमा हुदैछ ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले ९ औं विश्व सम्मेलनको पूर्व सन्ध्यामा आईपुगेको छ। उनले उम्मेदवारी घोषणा गर्दै लेखेका छन् (‘स्थापना भएपछिका समयमा पञ्जीकृत सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएका छन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्थाको नेतृत्व गर्छु भन्नेको संख्या पनि बढेको छ।’ भट्टराईले नेतृत्व गर्छु भन्नेको संख्या बढ्नु स्वभाविक प्रक्रिया हो भन्दै आफू पनि त्यसको एउटा हिस्सा भएको बताए ।

‘विगतको निर्वाचनमा विश्वभरिबाट प्राप्त मतले पनि संस्थामा रहेर काम गर्नुपर्ने नैतिक ज़िम्मेदारी थपिदिएको उनको भनाई छ । म प्रति हिजो मत मार्फ़त र आजभोलि प्रतक्ष्य,फ़ोन र वैकल्पिक सम्पर्क माध्यमबाट ज़ाहेर भएको र भैरहेका अभिमत र भावनाहरूलाई क़दर गर्दै यस संस्थामा रहेरकाम गर्ने निर्णयमा म पुगेको छु’( उनले भने । भट्टराईले उम्मेदवारीका लागि मात्र उम्मेदवारी नभई ज़िम्मेवार तवरले भावनात्मक रूपमै देशको सम्वृद्धिको अभियानको साथै स्थानीय आवश्यकता र समस्यामा समेत योगदान गर्न सक्षम छु भनेका छन् । ब्यक्ति भन्दा संस्था र पद भन्दा परिणाम महत्वपूर्ण हो भन्ने कुराको राम्रो हेक्का राखेर आफ्ना विचारहरूलाई राख्ने पनि उनले बताए ।

विभिन्न परोपकारी कार्यहरू, परियोजनाहरू, निति र सांगठनिक गतिविधी तथा विपत्तकालिन कामहरूमा समय समयमा जोड़िन पाएकोले पनि संस्थासँग मोह बढेको उनले बताए । ‘खास गरी नेपाली नागरिकताको निरन्तरता, नेपालको व्यापार तथा पर्यटनको प्रबर्द्धन, सिप साधन र स्रोतको परिचालन, तथा मानवीय सहयोगको अलावा केहि स्थानीय विषयहरूमा पनि यो साझा तथा छाता संगठनमा छलफल र पहलहुन ज़रूरी देखिन्छ उनले भने संसारभरी बढिरहेको आप्रावासन र विदेश वसाईले जन्माएका केहि महत्वपूर्ण विषयहरूलाई उल्लेख गर्न चाहान्छु।’(माइग्रेशन, ईन्ट्रिगेशन, भाषा र संस्कृति लगायतका समस्या, व्यवसायिक स्थायित्व, लगानिका संम्भावना, क्षेत्रीय कोष आदि महत्वपूर्ण विषय भएको उनले बताए ।

विशेषगरी यूरोप क्षेत्रमा यस्ता विषयहरूमा कार्यदल बनाएर विषेश पहल गर्नु पर्ने आवश्यकता उनले देखाए । गैरआवासिय नेपालीहरूको ठूलो बाहुल्यता रहेको यूरोपमा दोश्रो पुस्ताको संख्या पनि ठूलै छ। दोश्रो पुस्तालाई नेपाल र हाम्रो संस्कृति संग जोड्ने ठूलो चुनौति पनि यथावत् छ। अहिले यूरोप अमेरीका लगायतका देशहरूमा समस्याहरू पनि बढेका छन्। भाषाको कमि र कानुनको अनभिज्ञता को कारण झेल्नु परेका समस्याहरू पनि धेरै छन्।

विपतकालिन अवस्थामा राहतको निम्ति आर्थिक सहयोगको आह्वान गर्ने र संकलन गर्दा गर्दै तत्कालीन राहतको समय गज्रने र कतिपय अवस्थामा कवुल गरेको रक़म नै जम्मा नहुने कारणले प्रभावकारी सहयोग गर्न नसकेको कुरालाई महशुस गर्दै एउटा क्षेत्रीय कोषको अवधारणालाई अघि बढाउन ज़रूरी देखिएको समेत उनको भनाई छ । नेपाली नागरिकताको निरन्तरता, ब्यापार तथा पर्यटन प्रबर्द्धन र नेपालमा एनआरएनएको सस्थागत लगानि भट्टराईको चुनावी घोषणा पत्रमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु