• नेपाल डेरी एसोसिएशनको आयोजनामा नेपालमा चौथो विश्व स्कुल दुध दिवस कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार १८:३९

    काठमाण्डौं, ०८ आश्विन – नेपालमा पनि विविध कार्यक्रम गरि चौथो विश्व स्कुल दुध दिवस मनाईएको छ । सेप्टेम्बरकोे अन्तिम बुधबार अर्थात यस वर्ष असोज ८ गते बुधबारका दिन यस कार्यक्रम मनाईएको हो । विश्व स्कुल दुध दिवस मनाउने क्रममा सातै प्रदेशमा विविध कार्यक्रम गरिएकबो छ । प्रदेश नं. १ मा झापाको कन्काई सामुदायिक विद्यालय कन्काईमा सोही नगरपालिकाका मेयर राजेन्द्र पोखरेलको प्रमूख आतिथ्यतामा विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराई सम्पन्न गरिएको छ । त्यस्तै प्रदेश नं. ७ मा कैलालीको धनगढी स्थित श्री शिव पार्वती आधारभुत विद्यालयमा धनगढी उप.म.पा. वडा नं. ३ का अध्यक्ष बल बहादुर ऐरको प्रमूख आतिथ्यतामा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो भने प्रदेश नं. ६ को त्रिवेणी आधारभुत विद्यालय बा.न.पा. २ सल्यानमा विद्यार्थीहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाएको छ । प्रदेश नं. ३ को प्रदेश स्तरिय कार्यक्रममा रामेछापको मन्थलीमा पनि चिरञ्जिवी डेरी उद्योगले नाग कन्या मा.वि. मा दुध तथा दुग्ध पदार्थ वितरण गरि भव्यताका साथ यस िदवस मनाएको छ । साथै, अन्य प्रदेशमा पनि बालबालिकाहरुलाई विद्यालय, अस्पताल तथा अनाथालयमा विभिन्न कार्यक्रम सहित दुधपान गराई भव्यताका साथ विश्व स्कुल दुध दिवस मनाईयो ।

    काठमाडौंको गोल्फुटार स्थित महाँकाल जन जाग्रीत माध्यामिक विद्यालयमा राष्ट्रिय दुग्ध विकास वोर्डका नि. कार्यकारी निर्देशक श्री बाबुकाजी पन्तको प्रमूख आतिथ्यतामा सरोकारवाला निकायको सहयोग र सहभागीतामा यस सदवस मनाईएको छ । कार्यक्रममा प्रमूख अतिथि पन्तले विश्व खाद्य संगठनको तथ्यांक अनुसार प्रति व्यक्ति प्रति वर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र उपभोग गर्ने गरिएको बताए । उनले आगामी दिनहरुमा कम्तीमा बालबालिकाहरुको लागि मात्र भए पनि ९२ लिटर पु¥याउनु पर्ने अनिवार्यता देखिएकोले सरोकारवालाहरुले यसमा लाग्नु पर्ने जनाउदै यस्ता खालका कार्यक्रमहरु नेपाल डेरी एसोसिएशनको अगुवाईमा भएकोमा खुशी समेत व्यक्त गरे । उनले बालबालिकालाई पनि दुधको महत्व बारे जानकारी गराउदै अनिवार्य दुध सेवन गर्न अनुरोध गरे । नेपाल डेरी एसोसिएशनका नि. अध्यक्ष सुमित केडियाले नेपालमा दुधको इतिहास बारै प्रकाश पार्दै बालबालिकाहरुको दिमागमा स्वच्छ दुधको सेवनले पु¥याउने फाइदाको बारेमा चर्चा गरे । कार्यक्रममा विशेष अतिथि अभिभावक संघ नेपालका उपाध्यक्ष सुभाष भण्डारीले अभिभावकहरु र शिक्षक शिक्षिकाहरुले पनि दुधको बारेमा बुझेर बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा एन.प्याब्सनका विजय खरेलले विद्यार्थीहरुलाई दैनिक रुपमा दुध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाईदाको बारेमा शिक्षक शिक्षिकाको भुमिका महत्वपुर्ण हुने हुनाले विद्यालयले पनि दुध सेवनमा प्राथमिकता दिन अभिभावकहरुलाई आग्रह गरिने बताए। कार्यक्रममा नेपाल डेरी एसोसिएशन प्रदेश नं. ३ प्रमूख एवं केन्द्रिय उपाध्यक्ष राजन प्रसाद दाहालले स्वागत स्वागत मन्तव्य राख्दै दुधको महत्व बारे चर्चा गरे । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्षसुमन तामाङ्गले पनि आफ्नो वडा र क्षेत्रमा दुध महत्व बुझाउने कार्यक्रम गर्ने प्रण गरे । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव टिका बल्लभ सापकोटाले यस्ताखालका कार्यक्रमले दुध उपभोग र दुधको महत्व बारे बुझ्न सघाउने बताए । कार्यक्रममा रोटरी क्लब अफ कपनका अध्यक्ष राजु लामा कोन्दन, बरिष्ठ गायिका कुन्ति मोक्तान, बु.न.पा. का पशु सेवा विभाग प्रमूख काजि बहादुर श्रेष्ठ, वडा सदस्य माधव पौडेल, नेपाल डेरी एसोसिएशनका केन्द्रिय पदाधिकारीहरु, प्रदेश नं. ३ का क्षेत्रिय पदाधिकारी, महाँकाल जन जाग्रीत मा. वि.का करिब ४०० जना विद्यार्थी, शिक्षक शिक्षिका, विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापा मगर एवं डेरी उद्यमीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै संस्थाका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाल स्वच्छ दुधको सेवनले बालबालिकाको स्वास्थ्यमा फाईदा पु¥याउने र सफल भविष्य निर्माणमा समेत महत्वपुर्ण भुमिका रहने बताए ।

    नेपालमा चौथो विश्व स्कुल दुध दिवस

    दुधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार दुध नै हो । जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपुर्ण कुरा हो । जन्मेको दिनदेखि मर्नेबेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारको लागि समेत दुधको आवश्यकता पर्दछ । विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ति अधिकांश व्यक्ति शाकाहारी विशेष गरि दुध सेवनलाई महत्व दिने कुराको पुष्टि भईसकेको छ । गौतम बुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदिसम्म सबैले दुधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ । यस अर्थमा पनि के पुष्टि हुन्छ भने दुध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीन जस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई दुध सेवन अनिवार्य गरिएको छ । त्यस कारण त्यहाँका बालबालिकाहरुको दिमाग तेज छ र त विश्वमा हरेक कुरामा अग्र पंक्तिमा छन् । विश्वमा कुनै पनि बालबालिकाहरुले दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दुध दिवस क्भउतझदभच को अन्तिम बुधबारका दिन विगत २० वर्षदेखि विश्वभर सन् २००० देखि मनाउन शुरु गरिएको भव्यताका साथ मनाउने गरेको तथ्यांक छ । यस वर्ष विश्वमा २० औं र नेपालमा चौथो विश्व स्कुल दुध दिवस भव्यताका साथ मनाएको छ । नेपालमा वि.सं. २०७३ सालदेखि नेपाल डेरी एसोसिएशनले शुरु गरेको जानकारी नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले दिएका छन् ।

    विश्व स्कुल दुध दिवस कार्यक्रमका उद्देश्यहरु
     दुध पूर्ण आहार हो भन्ने कुरा बुझाउन ।
     दुध उपभोग बढाउन ।
     दुधको महत्व जन्मेदेखि मर्दासम्म रहेको छ भन्ने बुझाउन ।
     बालबालिकादेखि वृद्घवृद्घासम्मका लागि दुध अति नै महत्वपूर्ण छ भन्ने बुझाउन ।
     दुधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्छ भन्ने बुझाउन ।

    विश्वमा कहिलेदेखि कहाँबाट र नेपालमा कसले शुरुवात ग¥यो ?
     विश्वमा सन २००० देखि विश्वको ३० भन्दा बढी देशहरुबाट मनाउन शुरु गरेको पाईन्छ ।
     क्भउभतmदभच महीनाको अन्तिम बुधबार मनाउने गरेको पाईन्छ । नेपालमा हामीले गत वर्षहरुमा सन् द्दण्ज्ञट क्भउतझदभच द्दड देखि निरन्तर मनाउदै आईरहेका छौं ।
     उक्त दिन विश्वभरका विद्यालय कहिं कतै पनि बन्द नरहने दिनको रुपमा रहेको छ ।
     नेपालमा पहिलो पटक विश्व स्कुल दुध दिवस मनाउन नेपाल डेरी एसोसिएशनले सन २०१६ ( वि.सं. २०७३ साल ) बाट शुरु गरेको हो ।
     पहिलो २०७३ सालमा काभ्रेको पाँचखालमा श्री गणेश माध्यामिक विद्यालयमा नेपाल डेरी एसोसिएशनको आयोजनामा दुग्ध विकास संस्थानका अध्यक्ष श्री खिम थापा ज्यूको प्रमूख आतिथ्यतामा मनाईयो ।
     २०७४ सालमा नेपाल डेरी एसोसिएशनको आयोजनामा दोश्रो पटक काठमाडौंको, बौद्ध अवस्थित बाल संसार बाल गृहमा ल्(एब्द्यक्ब्ल् का अध्यक्ष श्री कर्ण बहादुर शाही ज्यूको प्रमूख आतिथ्यतामा मनाईयो ।
     २०७५ सालमा दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएशन र केन्द्रिय पशुपंक्षी पालन सहकारी संघ लि.नेपालको संयुक्त आयोजनामा बृहत्तर रुपमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका माननीय राज्य मन्त्री रामकुमारी चौधरी (रोजिना) ज्यूको प्रमूख आतिथ्यतामा सरोकारवालाहरु सबैलाई एकिकृत गरि करिव १००० भन्दा माथि विद्यार्थीहरुको उपस्थितिमा शिक्षक महासंघ, एब्द्यक्इल्, ल्(एब्द्यक्ब्ल् को विशेष उपस्थितिमा सरकारी र निजि विद्यालयलाई समावेश गरि दुधपान गराई भव्यताका साथ मनाईयो ।
     नेपाल डेरी एसोसिएशनका ७ वटै प्रदेशमा र जिल्ला÷जिल्लामा भव्यताका साथ तेश्रो विश्व स्कुल दुध दिवस मनाईएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु