“यो मेरो भुल” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन ९ गते, बिहीबार ०७:३२

काठमाडौ । बिनोद ढकालको “यो मेरो भुल” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई जय होको युटयुबबाट सार्वजनिक गरिएको छ । बिनोद ढकालको नै शब्द तथा संगीत रहेको उक्त गीतमा दिनेश श्रेष्ठको एरेंज रहेको छ । माया प्रेमको भाव समावेश गरिएको उक्त गीतमा जुनिभरि मायालुलाई मुटुमा राख्ने कुरा गरिएको छ ।
शिशिर जय खरेल र अर्चना क्षेत्रीको अभिनय रहेको उक्त गीतको भिडियो आदित्य राणाले छायांकन गरेका हुन् । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरु रोमान्टिक मुडमा देख्न सकिन्छ । गीतको भिडियो आदित्य राणाले नै निर्देशन र सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु