
काठमाडौं ।गायक टेक बहादुर अधिकारी र लोकप्रिय गायिका गीता देविको “फर्क साईला” बोलको दशैँ गीत सार्वजनिक भएको छ । गीतलाई एक्शन फिल्मस्को युटयुबबाट सार्वजनिक गरिएको छ । गायक टेक बहादुर अधिकारीको नै शब्द रहेको उक्त गीतमा विष्णु तामाङको संगीत तथा एरेंज रहेको छ । चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पिडालाई समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुलाई फर्केर आउन आग्रह गरिएको छ ।
नवराज राउत र समिता तामाङको अभिनय रहेको उक्त गीतको भिडियो युवराज खत्रीले छायांकन गरेका हुन् । परदेशमा हुनु पर्दाको पिडा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा चाडमा परिवारसँगै नहुँदाको अभाव देख्न सकिन्छ । गीतको भिडियो युवराज खत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।


