• भक्तपुरको सल्लाघारीमा बुधवार देखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार ११:५८

    भक्तपुर। भक्तपुरको सल्लाघारीमा बुधवार देखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलप्पियाको मुख्य आयोजनामा भएको उक्त मेलामा नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोग रहेको छ । मेलामा विभिन्न मुलुकका १ सय७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।
    फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा आयोजनामा आउनु सर्हानिय रहेको बताए । उनले यो मेलाले अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसात गरेको दाबी गरे । सो मेलाले नेपाल लगायत विभिन्न अन्तराष्ट्रिय व्यापारको क्षेत्रबाट आएका वस्तुको बजारिकरण हुने पनि उनले उल्लेख गरे । जलवायु परिवर्तनका कारण नेपालमा असर परिरहेको ओल्याउदै उनले मेलासँगै परेको वर्षाले अवलोकनका लागि सर्वसाधारणलाई गाहे हुने भनदै आपत्ति जनाए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु