काठमाडौं ।लोकप्रिय गायिका शान्ति श्री परियार र गायक प्रेम ओली क्षेत्रीको “कुन्नि क्यारम्ला” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको छ । किरण खड्काको शब्द रहेको उक्त गीतमा जय देवकोटा र प्रेम दिप रामजालीको संगीत रहेको छ भने केश्व बडुको एरेंज रहेको छ । मायालु बिना फुल्न गाह्रो हुने कुरा गरिएको उक्त गीतमा मायालु भएपछि दुनियाँ बिर्सिने कुरा गरिएको छ ।
करिष्मा ढकाल र महेन्द्र गौतमको अभिनय रहेको उक्त गीतको भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । धेरै गीतका भिडियोमा अभिनय गरिसकेका र रुचाइएका करिष्मा ढकाल र महेन्द्र गौतमलाई उक्त गीतको भिडियोमा उनीहरुलाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । मदन खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोलाई प्रविन रेश्मी मगरले सम्पादन गरेका हुन् ।