त्यो जुनेली रात” बोलको गजल सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १० गते, शुक्रबार ०७:२०

काठमाडौ ।नेपाल आइडलकी अस्मिता अधिकारीको “त्यो जुनेली रात” बोलको गजल सार्वजनिक भएको छ । गजलकार सुरेश वाग्लेको शब्द रहेको उक्त गजलमा अर्जुन पोखरेलको संगीत रहेको छ भने गोपाल रसाइलीको एरेंज रहेको छ । जुनेली रात सम्झिदा खुसि लाग्ने कुरा गरिएको उक्त गजलमा मायालु हुदा दुनियाँ जता हेरेनि रंगीन लागेको कुरा गरिएको छ ।
अस्मिता अधिकारी र पुस्कर कार्कीको अभिनय रहेको उक्त भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् । अस्मिता र पुस्करको प्रेमिल यात्रा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा उनीहरुलाई माया साट्टदै देख्न सकिन्छ । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु