विश्व शान्तिका लागि बौद्ध नाथ स्तुपामा क्षमापुजा तथा शान्ति दिप प्रज्वलन गरिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १०, शुक्रबार १९:४६

काठमाडौं, ११ आश्विन – विश्व सम्पदा सुचीमा समावेश बौद्ध नाथ स्तुपामा आज क्षमापुजा तथा शान्ति दिप प्रज्वलन गरिने भएको छ । विश्व शान्तिको कामनाका लागि उक्त कार्यक्रम आयोजनामा आउन लागेको हो । कार्यक्रम भाद्र ११ गते ०४ बजेबाट शुरु हुने जानकारी आयोजक बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको छ । धर्मभिरु रिम्पोछे भुपति बज्र लामा लगायतका अन्य लामा गुरुहरु क्षमा पूजा तथा शान्ति दिप प्रज्वलनमा सरिक रहने कार्यक्रम रहेको छ । उक्त धार्मिक कार्यक्रमका लागि अन्य धार्मिक एबम सामाजिक संघ संस्था समेतले एक्यबद्धता जनाएको बौद्ध अनुयायी प्रबिण लामाले जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु