सर्लाही- असोज १३ सर्लाही जिल्ला को बसबरिया गाउँपालिका र कौडेना गाउँपालिका मा बाढी प्रभावित लाई शान्ति भोलेन्टियर एसोसिएसन जापान svaको साझेदारीमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल CARDSN कार्डसन नुवाकोट ले राहत सामाग्री बितरण गरेको गरेको छ ।
उक्त राहत सामाग्री मा चामल ३० केजि एक बोरा ,दाल ५ केजि , बलाङकेट २ ओटा झुल २ ओटा रहेको छ । बसबरिया गाउँपालिकामा ४८४ घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ।
कौडेना गाउँपालिका मा ७१६ घर परिवार बाढी प्रभावितलाई प्रदान गरिएको छ । सर्लाही जिल्लामा मा १२ सय बाढी प्रभावित घर परिवारलाई राहत सामाग्री प्रदान गरेको कार्डसन नुवाकोट का अध्यक्ष पदम उप्रेतीले जानकारी दिनुभयो ।