२४ जना देशभरीका सौन्दर्य प्रतियोगीताका विजेताहरु एउटै र्याम्पमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १३, सोमबार १३:२१

काठमाण्डौं – देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल विजेताहरु प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले छायां सेन्टरमा टाईटल विनर फेशन शोको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न गरेको छ ।

देशभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्डरको उक्त फेशन शोमा नेपालका चर्चित फेशन डिजाईनरहरु ममथा बस्नेत, अनु श्रेष्ठ, रिना कायस्थ , रचना शर्मा तथा सरस्वती काफ्लेका उत्कृष्ट डिजाईनमा तयार भएका ड्रेस पहिरेर विजेताले र्याम्प शो गरेका थिए । भ्रमण वर्ष मुख्य थिम रहेको शोमा नेपालको परिवेश अनुसारको भेषभुषा, परिकार एवं संस्कृति झल्कने ड्रेसलाई भने आईसी कलेजका फेशन डिजाईनहरुले तयार गरेका ढाका एवं कल्चरल सिक्वेन्स अन्तर्गत मोडलहरुले र्याम्प शो गरेका थिए ।

नेपाल महिला चेम्बर्सकी अध्यक्ष तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शोमा वरिष्ठ गायक सीताराम पोखरेल, ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनका अध्यक्ष लब वहादुर कार्की ,वरिष्ठ मोटिभेटर एवं शिक्षाविद पूर्ण लामा लगायतको विशेष आतिथ्यता रहेको शोमा नेपालका चर्चित व्युटी प्याजेन्ट आयोजकले आफ्ना क्राउन होल्डर तथा टाईटल होल्डरलाई मात्र छनौट गरी यस शोका लागी संस्थाको प्रतिनिधिको रुपमा फेशन शोमा सहभागी गराएका यस फेशन शोमा नेपालका चर्चित कलाकारहरु योगेश काजी, नन्दा वस्याल, यमन श्रेष्ठ, बुनु राई,महादेव त्रिपाठी जादुगर,विनोद ढकाल, सारिका घिमिरे,सुशिला थापाको प्रस्तुती समेत रहेको थियो । संचारकर्मी एवं कलाकार दिनेश डिसीले कार्यक्रम संचालन गरेको शोमा ५ वटा सिक्वेन्स रहेको शो मा १ शो कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, सिग्नेचर ह्स्किी, तथा बिग मास्टरको ड्रेस डिजाइृन गरि नायिका सारिका घिमिरे, मोडल सुशिला थापा तथा मोडल सुमी बानियांले ब्राण्ड प्रवद्र्धन गरि र्याम्प शो गरेका थिए । नेपाल टेलिकमको मुख्य प्रायोजनमा भएको उक्त शोमा लोकप्रिय ब्राण्ड बिगमास्टर, सिग्नेचर ह्सिकी, टुबोर्ग वियर, एनआइसी एसिया बैंक,हुलास, नेपाल दुरसंचार प्राधिकरण,स्टार ढाका, लगायतले सह प्रायोजन गरेका थिए ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न अवार्ड, फेशन शो लगायत कार्यक्रमहरु गरेर चर्चा कमाउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले सौन्दर्य प्रतियोगीताका विजेता तथा क्राउन होल्डरलाई मोडलिङ्ग क्षेत्रको लागी एक अवसर हुने आयोजक तथा पेजेन्ट नेपालकी प्रमुख ममथा बस्नेतले जानकारी दिइन ।
ईन्फिनिटी एडभरटाईजीङ्गको व्यबस्थापनमा भएको उक्त फेशन शोमा नेपाल भ्रमण वर्षलाई लक्षित गरि विभिन्न मौलीक पहिरनहरु समेत प्रवद्र्धन गरि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यबस्थापक ईन्द्र श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु