पुर्ण रुपमा अपाङ्ता भएका ललितपुर महानगरपालिका वडा नं ५ का ददिराम, शुसिला र जमुना ढुंगानाले पाए नागरिकता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलवार ११:५४

ललितपुर, १४ आश्विन -पुर्ण रुपमा अपाङ्ता भएका ललितपुर महानगरपालिका वडा नं ५ का ददिराम, शुसिला र जमुना ढुंगानाले नागरिकता पाएका छन् । उनीहरु एकै घरका दाजु बैनी हुन । वडा कार्यालयको पहलमा जिल्ला प्रसाशन कार्यलय ललितपुरले उनीहरुलाई नागरिकता वितरण गरेको हो । जिल्ला प्रसाशन कार्यालयका प्रमुख प्रसाशन अधिकृत भागिरथ पाण्डेको नेतृत्वको टोलीले उनिहरुको घरैमा गई नागरिकता बितरण गरेको थियो । उक्त टोलीले ललितपुर ५ का जनप्रतिनिधिको रोहवारमा आमा दया देबि ढुंगाना लाई नागरिकता हस्तान्तरण गरेको थियो । यस अघि नागरिकता विहिन रहेको अवस्थामा तिनै जना राज्यबाट पाउने सेवा सुबिधाबाट बन्चित रहदै आएका थिए । वडाध्यक्ष विकासमान श्रेष्ठले वडा स्तरबाट विगतमा पनि केहि मात्रामा सहयोग गर्दै आएता पनि अब भने उनीहरुले राज्यबाट प्राप्त हुने सबै अधिकार उपयोग गर्न पाउने बाटो खुलेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु