शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १६ गते, बिहीबार ०८:५९

असोज १६,काठमाडौं । कल्याणकारी स्वयंसेवक संघ कपन काठमाडौ को आयोजना मा दशैंको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान आयोजना सम्पन्नभएको छ । कार्यक्रम को कल्याणकारी स्वयंसेवक संघ का बुढानिलकण्ठ नगर समिति का अध्यक्ष गणेश कुमार मिश्र को अध्यक्षतामा र बुढानिलकण्ठ नगर पालिका कि उपमेयर रमा देविराईको प्रमुख अतिथिमा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई,वडा नम्बर ९ का अध्यक्ष राजेन्द्र सापकोटा,कार्यपालिका सदस्य संगम गहतराज,सुमित्रा पाण्डे,समाजसेवी तथा नेकपा काठमाडौ जिल्ला सदस्य मिठाराम अधिकारी,बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १०का सदस्य चन्द्र मानश्रेष्ठ,महिला संजाल अध्यक्ष बिन्दा गौतम ,सुनगाभा टोल सुधार समिति का अध्यक्ष टेक बहादुर लामा , सुगम टोल सुधार समिति का उपाध्यक्ष योगेन्द्र रुम्बा,कल्याणकारी स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष अक्कलबहादुर तामाङ,उपाध्यक्ष बिष्णु चन्द्र अधिकारी,सदस्य भावना के.सि.प्रदेश नम्बर ३ का सचिव राजन श्रेष्ठ,आजिवन सदस्य जगत निरौला,बिरबल तामाङ साथै कल्याणकारी स्वयंसेवक संघ बुढानिलकण्ठ नगर समिति का पदाधिकारीहरु,समाजका समाज विभिन्न अभियान्तहरु र कपन अनलाइन का सम्पादक पुन्यराज पुडासैनीको उपस्थिति थियो । कार्यक्रम संचालन समितिका सहसचिव राजेश पौडेल ले गर्नु भएको थियो ।
के हो त ? कल्याणकारी स्वयंसेवक संघ

परिवर्तनका लागि स्वयम् सेवक भन्ने भनाइलाई साक्षत रुपमा एउटा ब्यक्तिदेखि समाज, समुदाय, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्र मै स्थापित गर्न गराउन कल्याणकारी स्वयम् सेवक संघ नेपालको स्थापना भयो। बिश्वभरी नै छरिएर रहेका सबै खाले समाजका ब्यक्तित्वहरुलाई सामाजिक रुपान्तरणको लागि एकतामा ल्याउनु, बहश छलफलद्वारा स्वयम् सेवक नेतृत्वको बिकास गर्नु, विश्वब्यापी रुपमा नेट वर्कको बिकास गर्नु र ज्ञान बुद्धि विवेकको बिकास गर्दै समाजमा विद्यमान बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएका सबै खाले परिवर्तनमा जोड दिनु यसको मुख्य उदेश्य रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु