बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

काठमाडौं फेशन मोडलको उपाधी स्वरुपलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १७ गते, शुक्रबार १६:२३

काठमाडौं, १७ आश्विन -बालबालिकाहरुमा निहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ मोडल सङ्स नेपालले आयोजना गरेको काठमाडौं फेशन मोडलको शिर्ष ताज स्वरुप के सी ले चुमेका छन् । देशको राजधानी जमलस्थित राष्ट्रिय नाचघर, जमलमा बिहिवार आयोजित प्रतियोगितामा अन्य आठ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो ताज पहिरिएका हुन । केसी विजेताको ताजसंगै विधागत तर्फको मस्ट चार्मिङ र अडियन्स चोईस अवार्ड समेत जित्न सफल रहे ।

प्रतियोगितामा संगम पुन मगर फष्ट रनरअप हुन सफल रहनुका साथै विधागततर्फ मिस्टर हेन्डसमको उपाधी समेत हात पारे ।

प्रतियोगितमा विधागततर्फ भने अन्जली शाहले ‘मस्ट पपुलर, मस्ट ट्यालेन्टे र मस्ट फोटोजेनिकको उपाधीको साथै बेस्ट वाकको उपाधी पनि हात पारिन् ।

त्यस्तै, कनिस्क्स जोन्छें मल्टिमिडिया चोइस र मस्ट एक्टिभ, अग्रता भट्टराई मस्ट फ्रेन्डली, बिन्दु सरु मगर बेस्ट पर्सनालिटी, एजस्वी बुढाथोकी मिस ब्युटिफुल घोषित भईन् ।

साथै, इभाना ताम्राकार मस्ट क्युट र स्वोप्न पौडेलले बेस्ट स्माईल अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

केन्द्रिय बाल कल्याण समितिका पूर्व अध्यक्ष डिल्ली राम गिरीको प्रमुख आतिथ्यता तथा कर्पोरेट ग्रुप अफ कम्पनीका अध्यक्ष उज्ज्वल जङ शाहको बिशेष आतिथ्यता माझ सम्पन्न उक्त प्रतियोगितामा मिडिया पर्सन सरोज ओझा, प्लस साइज मोडल सुजाता काफ्ले शाह, अभिनेता तथा मोडल ईश्वर बल्लव उप्रेती र मोडल तथा महिला व्यवसायी शुसिला थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई के डि भट्टराइले एक महिना सम्म तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए भने सोम बास्तोलाले ईभेण्ट ब्यवस्थापकको जिम्मेवारी निभाएका थिए । पूजा कुँवरद्वारा संचालित सो कार्यक्रमको संयोजन भने सुजता भट्टराईले गरेकी थिईन् ।

उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । उपाधी विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एबम अतिथिहरुले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको डिजिटल अनलाइन पार्टनरको रुपमा रहेको ग्लोवल अनलाइन पे द्वारा ग्लोबल अनलाइन पे पब्लिक चोइस अवार्ड र सम्पूर्ण प्रतियोगिहरुलाई आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरेको थियो।

यस अघि कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि गिरीले यस्ता सौन्दर्य प्रतियोगिताले बालबालिकाको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे ।

त्यस्तै, आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले बालबालिकाहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु