साधना लघुवित्तको धितो कर्जा ब्यवस्थापन तालिम सम्पन्न ।धादिङ अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटनमिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमावल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियोसनिललाई सफलतापछिल्लो २४ घन्टामा देशभर १ हजार ९५ जना संक्रमित थपिएबलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय चाडै नै तमिल फिल्म ‘पोन्नियिल सेवलन’ मा देखिदैनेप्सेमा आज भारी अंकले गिरावटनेपाल राष्ट्र बैङ्कले आजदेखि दशैं/तिहारका लागि नयाँ नोटको वितरण सुरुजन्म भूमि पर्वतबाट एनआरएनए को दसौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा

लगनखेल र आसपासका क्षेत्रमा सिसिटीभी जडान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार १८:२७

ललितपुर, १७ आश्विन – सडक एबम बस्ती क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै लगनखेल र आसपासका क्षेत्रमा सिसिटीभी जडान गरिएको छ । ललितपुरको अति ब्यस्त एबम अधिक जनघनत्व भएको वडा मध्येको एक ०५ नंबर वडा क्षेत्र भित्र सिसिटीभी जडान गरिएको हो । शहर क्षेत्रलाई सुरक्षित बनाउने उदेश्यका साथ पहिलो चरणमा वडा स्थित विभिन्न २० स्थानमा सिसिटीभी जडान कार्य सम्पन्न भएको छ । सिसिटीभीको निगरानीमा समेटिएको क्षेत्रमा ब्यवसायीक केन्द्रका रुपमा रहेको लगनखेल सहित, कुमारीपाटी, जावलाखेल, थसिखेल लगायत भित्री बस्ती क्षेत्र पनि छन् । चोरी, डकैती, लुटपाट, सडक दुर्घटना जस्ता घटनालाई निस्तेज पार्ने तथा सुरछित शहरको अवधारणालाई साकार पार्ने उदेश्यका साथ वडा बजेट मार्फत सिसिटीभी जडान गरिएको ललितपुर ०५ नंबर वडाका वडाध्यक्ष विकास मान श्रेष्ठले जानकारी दिएका छन ।

वडाध्यक्ष श्रेष्ठले दोस्रो चरणको कार्यक्रम अन्तर्गत थप ३० स्थानमा निकट भबिस्यमा नै सिसिटीभी जडान गर्ने योजना रहेको समेत प्रष्ट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु