प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

खसि एक परिकार अनेक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १८, शनिबार १४:१०

सर्बप्रथम हाम्रो घर दैलोमा आउदै गरेको हामी हिन्दुहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमाय शुभकामना दिन चाहान्छु । हामी हिन्दुहरुले मनाउने हरेक चाडपर्ब मध्येको एक महान चाड हो बडा दशैँ । अहिलेको परिबर्तन र सिर्जनसिल समयमा मानिसहरुले धेरै कुरामा आफुले आफुलाई परिबर्तन गरिसकेको छ यस्तै हरेक चाड पर्ब पनि समय अनुसार र आफ्नो परिबर्तन संगै आफ्नो आफ्नो तरिकाले चाड पर्ब मनाउन पनि थालिसकेको छ । कतिपय कुराहरुमा त बडा दसैँ मनाउनमा पनि आफुले आफुलाई परिबर्तन गरिसकेको छ तरपनि हामी नेपालीमा एउटा छाप हाम्रा पुस्ताले छाडेको छ त्यो छाप सम्झदा पनि रमाइलो र आनन्द लाग्छ ।
अहिलेको समयमा हामीले जतिखेर जे चाहियो तेतिखेरै उपलब्ध गराउछौ तर पनि यो दशैमा नया लुगा लगाउने मिठो मिठो खानाहरु बनाएर खाने पिङ खेल्ने टिका लगाउने र अरुबेलामा चाँही कहिल्यै पनि नसम्झने जमरा यतिखेर चाही जमाराकै फुल कानमा लगाउने चलनले हाम्रो मनलाई अझै प्रफुल्ल बनाउछ ।

अझै भन्ने हो भने सबैको घरमा सधै जसो मासु खाने गरेता पनि दसैमा भने सिंगो खसी ढालेर खानेको होडबाजी अहिले पनि छ । म अहिले यही खसीको कुरा गर्दै छु । सबैको घरमा खसी त काटिन्छ तर रमाइलो गर्न साथै खसीको मिठो परिकार खान भने हामी होटेल, रेस्टुरेन्ट धाउनु परेको छ । म आज हामी हिन्दुहरुको महान चाड बडा दसैँ हाम्रो घरको दैलोमा आइसकेको बेलामा घरमा काटिने खसीलाई घरमै बसेर घरपरिवार संगै रमाइलो गर्दै आफैले परिकार तयार गरी रमाइलो गर्ने रेसिपी पेस गर्दै छु ।

एउटै खसीबाट धेरै परिकार
१) खसीको सेकुवा
२) खसीको तास
३) खसीको कसौडी कबाब
४) खसीको ग्रेभी मासु

सारांशः सबै कुरा परिबर्तन भए जस्तै हाम्रो हरेक दिनको खान पान र कार्यशैली परिबर्तन भएकै कारण हामी सबैको शरीरको बनोट पनि परिवर्तन भएको छ त्यसैले म सबैलाई अनुरोध गर्दछु । परिकार मिठो भयो भन्दैमा हाम्रो शरीरलाई आवस्यक पर्ने खनिज पदार्थ भन्दा बढी भयो भने यसले हामीलाई हस्पिटलमा पनि पु¥याउन सक्छ त्यसैले आफ्नो स्वास्थको ख्याल गर्न म अनुरोध गर्दछु ।
खसीको सेकुवा

सामग्री :
खसीको मासुको ५ के जी
९ ८,८ ग्रस्मको पिस गर्ने, छाला र हड्डी नराख्ने
अदुवा र लसुनको पेस्ट ५ चम्चा
तोरीको तेल ३५० मि लि
सादा दहि ४०० ग्राम
बेसारको धुलो ३ चम्चा
जीराको धुलो ५ चम्चा
धनीयाको धुलो ५ चम्चा
रातो खुर्सानीको धुलो ४ चम्चा (स्वाद अनुसार)
गरम मसला धुलो ३।५ चम्चा
कागतीको रस १० चम्चा
नुन आवस्यक अनुसार

पकाउने बिधिः
सबै समान तयार भएपछी एउटा सफा भाडामा राखेर राम्रोसंग हातले २ मिनेट जति मोल्ने यसरी मोल्दा सबै मसला राम्रोसंग मोलिनुको साथै मासुबाट मिठो बासना आउन थाल्छ । अब यो मासुलाई २ घण्टा जति फ्रीजमा राख्नु पर्छ यसरी राख्दा मासुलाई मसालाले पनि पकाउने काम गर्छ साथै मिठो पनि हुन्छ ।
२ घण्टा पछी मासुलाई फलामको झिर मा १,१ गर्दै उन्नु र कोइला बाट बनेको आगोको ताप भन्दा २ इन्च माथिबाट सेकाउनु पर्छ यसरी मासुलाई फर्काइ फर्काइ १२ देखि १५ मिनेट सम्म सेकाएपछी मासु रातो भएपछी खसीको सेकुवा तयार हुन्छ ।
मासु सेकाउदा खेरि धेरै कालो हुने गरि पनि नसकाउनु होला जसले स्वस्थ्यलाई बेफाइदा हुन्छ र कचोपनी नखानु होला ।

खसीको तास
खसीको सेकुवालाइ तयार बनेको मासुमा अदुवा र सुकेको खोर्सानीलाई खालमा थिचेर मिक्स गर्ने तासको लागि भने मासुको पिस अलि ठुलो हुनु पर्छ र अलि अलि हड्डी । छाला मिक्स गर्दामा पनि तास राम्रो हुन्छ ।
सेकुवामा जस्तै २ घण्टा सम्म फ्रिजमा राखिसकेपछि तावामा थोरै तोरीको तेल राखेर मासुलाई फिजाएर स्लो हिटमा चलाउदै (डाम्ने), भुट्ने मासु रातो भएर भुटीएपछी तास तयार हुन्छ । हामीले तासलाई जे संगपनी खान सक्छौ ।

खसीको कसौडी कबाब
खसीको सेकुवाको लागि तयार बनाएको मासुलाई पित्तलको कसौडीमा राखी सानो तापमा चलाउदै भुट्ने जब मासुबाट तेल आउन थाल्छ माथिबाट कसौडीको मुखसंग मिल्ने थालले छोप्ने र थालमा पानि राख्ने । सानो तापको सहयोगमा मासुलाई नचलाइकन पकाई राख्ने जब ४५ मिनेट सम्ममा थालको पानी सुक्छ, थाललाई बाहिर निकाली मासुलाई बिस्तारै चलाउने र आगो निभाएर छोपेर राख्ने । कसौडी कबाब तयार भै सकेको छ अब तपाई आफ्नो परिवारसंग बसेर कसौडी कबाब् को मजा लिन सक्नु हुन्छ । कसौडी कबाबमा पनि पिस अलि ठुलो र छाला हड्डी सहितको मिक्स भयो भने खानलाई अझै मजा आउछ ।

खसीको ग्रेभी मासु
खसीको कसौडी कबाबलाई तयार गरेको १ के जी मासुमा १०० ग्राम सुकेको प्याज र १०० ग्राम गोल्भेडालाई मसिनो हुनेगरी काट्ने र मासुमै मिसाएर केहीबेर मोल्ने र अब कसौडी कबाब् पकाए जस्तै गरी मासुलाई भुट्ने मासुलाई सानोतापमा १० मिनेट भुटे पछी ७०० मिलिलिटर पानि राख्ने र १५ मिनेट उमाली राख्ने र जब मासु पाक्छ हरियो धनियालाई मसिनो गरि काटेर मासुमा मिक्स गर्ने । खसीको ग्रेभी मासुमा आवस्यक अनुसार नुन थप्न नभुल्नु होला । खसीको ग्रेभी तयार हुन्छ अब तपाइँ आफ्नो परिवारसंग बसेर खसीको ग्रेभिको मजा लिन सक्नु हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु