नेपाल शिन–क्योकुशिन कराँते संघको उपाध्यक्षबाट श्रेष्ठ पदमुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १८ गते, शनिबार १४:१३

काठमाडौं, १८ असोज । नेपाल शिन–क्योकुशिन कराँते संघले उपाध्यक्ष कुमार श्रेष्ठलाई पदमुक्त गरेको छ । संघले असोज १३ गते बसेको बैठकले उपाध्यक्ष श्रेष्ठलाई कारबाही गर्दै पदमुक्त गरेको हो । पत्र प्राप्त भएको मितिले ७ दिनभित्र स्पष्टीकरण माग गरिएकोमा जवाफ दिनुको सट्टा अटेर गरि उल्टै संघ र संघसंग सम्बन्धित व्यक्तिहरुको विरुद्धमा लागेकोले उपाध्यक्ष पदबाट मुक्त गराईएको संघका अध्यक्ष कृष्णचन्द्र बानियाँले विज्ञप्ती जारी गर्दै स्पष्ट पारेका छन् ।

संघले श्रेष्ठको नाममा लेखेको पत्रमा पनि भनिएको छ,‘उपरोक्त सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदमा द. नं. ७३ मा विधिवत रुपमा दर्ता भइ आवधिक रुपमा निर्वाचन गराउने क्रममा मिति २०७३र०५र११ गते दोस्रो निर्वाचन सम्पन्न गरि तपाईलाई उपाध्यक्षमा निर्वा्चित गरेपछि नेपाल शिन–क्योकुशिन कराँते संघको विकास विस्तारमा तपाईको तर्फबाट अपेक्षा गरे अनुसार कार्यहरु नभएको, अन्तर्रा्ष्ट्रिय महासंघबाट मान्यता प्राप्त ब्रान्च चिफबाट अनुमति नलिई साथै यस संघको माइन्युट बिना आफु खुसि शिन क्योकुशिन कराँते संघको नामबाट ब्ल्याक बेल्ट वितरण गरी कराँते जगत कै घिनलाग्दो कार्य गरेको, अघिल्लो कार्यकालमा महासचिव रहदादेखि संघले प्रयोगमा ल्याएको बैंकको चेक हालसम्म संघलाई नबुझाएको, संघको कार्यालयको साँचो अधिकारप्राप्त पदाधिकारीहरु, अध्यक्ष तथा महासचिवलाई उपलब्ध नगराई आफूखुसी प्रयोग गरेको, संघको तर्फबाट नेपाल फुल कन्ट्याक्ट कराँते संघमा प्रतिनिधित्व गरिसकेपछि नेपाल फुल कन्ट्याक्ट कराँते संघसंग सम्बन्धित सूचनाहरु संघलाई जानकारी नगराएको, संघले आयोजना गरेको विभिन्न प्रतियोगिता, वैठक तथा सेमिनारहरुमा धेरै पटकसम्म अनुपस्थित रहनुभएको र उक्त कार्यहरु संघको विधान विपरित रहेको हुनाले संघको केन्द्रीय समितिको वैठकको निर्णय अनुसार संघको बिधान २०६८ को परिच्छेद–६ को धारा २०, उपधारा १, देहाय (ख) बमोजिम सफाइको लागि स्पष्टीकरण माग गर्न राष्ट्रिय खेलकुद परिषदमा साथै हुलाक मार्फत द.नं द्धज्ञद्धडद्दण्ज्ञ मा दर्ता गरि तपाईलाई पत्र पठाइएकोमा तपाईले मिति २०७६/०५/२३ गते बुझी लिनुभएको र पत्र प्राप्त भएको मितिले ७ दिन भित्र स्पष्टीकरण माग गरिएकोमा जवाफ दिनुको सट्टा अटेर गरि उल्टै संघ र संघसंग सम्बन्धित व्यक्तिहरुको विरुद्धमा लाग्नु भएको हुदा नेपाल शिन(क्योकुशिन कराँते संघको विधान २०६८ को विरुद्ध कार्य गर्नुभएको कारण विधानको परिच्छेद(६ को धारा २०, उपधारा १, देहाय (ख) बमोजिम नै संघको मिति २०७६/०६/१३ गते बसेको केन्द्रिय समितिको बैठकको निर्णयले तपाईलाई उक्त मितिबाट नै लागु हुने गरि उपाध्यक्ष पदबाट मुक्त गरिएको जानकारी गराइन्छ ।’

Source: reportersnepal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु