सेलिब्रेटीको दशैं बेग्लै रौनक –बेग्लै मज्जा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १९ गते, आईतवार ०८:४९

–श्याम स्मृत
महिला कलाकारले पनि महिलाकै नग्न शरीरमा कला खोज्ने गर्ने गरेको पाइएको छ । हुन त महिलालाई कलाको भाषामा प्रकृति भन्ने गरिएको छ । यो प्रकृतिलाई जस्तो ढंगबाट हेरियो । त्यस्तै देखिने गरेको छ । केवल हेर्नेको दृष्टिकोणमा ती कुरा भर पर्ने गरेको छ । यसर्थ प्रकृतिरुपी महिलाको शरीरलाई नग्नताको हिसावले कदापि हेर्न नमिल्ने तर्क महिला कलाकार अनिशा महर्जनको रहेको छ ।

यो दशै अवधिभर प्रकृति र महिला विषयक कला तयार पारेर एकल चित्रकला प्रदर्शनी गर्ने तयारीमा अनिशा रहेकी छन् । हुन त कलामा पुरुषको शरीरलाई प्राय कलाकारले प्रयोग गरेको त्यति पाइदैन । महिलाका शरीरलाई नै प्रयोग गर्न कलाकारहरुले रुचाएको पाइएको छ । जुन प्राकृत कुरा हो ।

रहस्यले भरिएको महिलाको शरीरलाई कलामा ढाँल्ने कोशिशमा रहेकी उनी यो दशैंमा चित्रको माध्यमबाटै त्यो रहस्यलाई खोजी गर्ने प्रमुख उदेश्य लिएर दशैं मनाउने क्रममा रहेकी उनले नग्न भनिएको चित्रमा कलाकारले नग्नता होइन, कला मात्र देख्ने गरेको दावी गरेकी छन् । नग्नतामा कला देखाउन सक्नु नै कलाकारिताको खुवी हो । कला बाहेक अश्लिलता देखाउने कार्य कलाकारले गर्न नहुने उनको धारणा रहेको छ ।

आठ बर्ष अघि नायक निखिल उप्रेतीसँग दोश्रो विवाह गरेकी नायिका संचिता लुइँटेलको एक छोरो तथा एक छोरी र श्रीमानसँग यो बर्ष अझ रमाइलोसँग दशैं मनाउने मूडमा रहेकी छन् । दशैको लगतै बीग प्रोजेक्ट र बीग ब्यानरबाट निर्माण हुने एक फिल्ममा अभिनय गर्ने कुराकानी भैरहेको संचिताले भनेकी छन् । आमा बनेको केही बर्ष पछि मात्र आमा नामक गीतको म्युजिक भिडियोमा अभिनय गरेर कमब्याँक गरेकीे उनले यो बर्ष अघिल्ला दुई बर्षभन्दा रमाइलो गरेर मनाउने पक्षमा रहेकी छन् ।


चलचित्र देउताकी उहिलेकी नायिका सिर्जना बस्नेत हाल सिंगल रहेकी छन् । कुनैबेला चलचित्र निर्माता बिजु रंजितसँग विवाह गरेर फिल्मलाइनबाट लगभग टाढिएकी चालिसको दशककी प्रभावशाली नायिका बस्नेतको जवानी पहिला भन्दा बलियो भएर देखा परेको छ । पहिला भन्दा हाल उनी अझ राम्री देखिन थालेकी छन् । उनै नायिका बस्नेतले छोरासँगै चंगा उडाएर रमाइलो गर्ने योजनामा उनी रहेकी छन् ।
पचास हजारसम्म पर्ने सारी आफ्नो कलेक्सनमा रहेको बताउने नायिका नन्दिता केसीले यो बर्षको दशैंको लागि नै त्यति महंगो सारी किनेको खुलासा गरेकी छन् । सारी असाध्यै मन पर्ने पहिरन भएकाले महंगो सारी किनेर दशैंलाई झक्कास गर्ने कोशिशमा आफू रहेको उनले भनेकी छन् । अर्की नायिका क्षितिजा शाक्य आफै बुटिकको डिजाइनर समेत भएको कारण यो दशैंभर बुटिकमा नै व्यस्त बन्ने सोचमा रहेकी छन्। अरुबेला भन्दा दशैंको बेला बुटिकमा धेरै डिमाण्ड आउने भएकोले आफूलाई भ्याइँनभ्याइँ पनि हुन थालेको बताएकी छन्। यो बर्षको दशैंको लागि लेहेङ्गा स्पेशल डिजाइन गरिएको क्षितिजाको भनाई रहेको छ।

केही महिना अगाडि मात्र थाइल्याण्ड पुगेर आएकी नायिका झरना थापालाई त्यहाँ मौलाएको सेक्स टुरिजमले निक्कै लोभ्याएको छ । बैंककमा ब्यबस्थित रुपमा संचालनमा आएको यौन ब्यबसाय निक्कै राम्रो भएको टिप्पणी गर्ने थापा यौनलाई दबाउन नहुने राय व्यक्त गर्ने उनी दशैंमा श्रीमानसँग सकभर विदेशकै सयरमा जाने नभएमा नेपालकै पर्यटकीय शहरमा रमाउने तर्खरमा रहेकी छन् ।

भारतीय मोडल एवम् कलाकार सिमरन मुखर्जीले अघिल्लो बर्षमा जस्तै यो बर्ष पनि दशैं नेपालमा नै मनाउने भएकी छन् । जन्मस्थान कलकतामा गएर दशैं मनाउन त्यति मज्जा नहुने बरु, नेपालकै दशैं रमाइलो हुने भएकोले यतै मनाउने भनेकी छन् । दशैंमा बढी मात्रामा घुमघाम गरेर मनाउने योजनामा उनी रहेकी छन् ।

दशै सर्टिङ्ग–सुटिङ्गमा कम रेडिमेडमा बढी
दशैंको लागि रेडिमेड कपडाको तयारी गर्दैमा काठमाडौको नैकाप स्थित बिएसएस रेडिमेड उद्योगमा भ्याइँनभ्याइँ भएको छ । दशैं भन्नु नै खानु–पिउनुको अलावा नयाँ कपडा लगाउनु नै भएकोले रेडिमेड कपडाको डिमान्ड बढी हुने गरेको छ । जसलेगर्दा मिसन दशैंको लागि बैशाखबाटै काम हुने गरेको रहस्य उक्त उद्योगका मेनेजिङ्ग डाइरेक्टर बिष्णुकुमार श्रेष्ठले खुलासा गरेका छन् ।
हजारौ–हजारौ पिस रेडिमेड पहिरनको खपत मार्केटमा हुने गरेकोले रेडिमेड उद्योगको लागि दशैं निक्कै फलिफाप हुने गरेको श्रेष्ठको भनाई रहेको छ । दशैंका लागि कालिगर देखि व्यवसायी सवै यसअवधिमा अत्यन्त व्यस्त हुने गरेको यथार्थता समेत उनले बताएका छन् ।
दशैंलाई नै टार्गेट गरेर रन्जना ट्रेड सेन्टरमा वेयर जिन्स सेन्टर खोलेका बाह्रबिसेकी कल्पना श्रेष्ठले जिन्स वेयर किनेर दशैं मनाउनेहरुको भीड नै पाएको बताएकी छन् । भारतीय कुर्थासलबारको सोल सेलर जमल स्थित एक्स्ट्रा कलेक्सनले पनि दशैंका लागि भनेर नै दर्जनौ मोडल तथा डिजाइनका भारतीय कुर्था–सलबारको कलेक्सन नै ल्याएको छ ।

पोहोर–परारको तुलनामा त्यति धेरै व्यापार नभएतापनि ठीकै भैरहेको उक्त कलेक्सनकी प्रोपाइटर लक्ष्मीशोभा श्रेष्ठले भनेकी छन् । दशैंको लागि नयाँ मोडल तथा डिजाइनका कपडा तथा जुत्ताको खरीदका लागि फुटपाथका पसल देखि डिपार्टमेन्टल स्टोर तथा मलमा पनि त्यतिकै क्रेताहरुको भीडभाड देखिने गरेको छ । तर, काठमाडौका सर्टिङ्ग–सुटिङ्ग स्टोरमा भने दशैंले खासै छुने गरेको छैन् । काठमाडौ बाहिरका कतिपय सर्टिङ्ग–सुटिङ्ग स्टोर दशैंमा बिजी बनेतापनि काठमाडौमा खासै बिजी नहुने श्रीनाथ कलेक्सनका सिइओ एवम् नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष रमानाथ श्रेष्ठले स्पष्ट पारेका छन् ।

सर्टिङ्ग–सुटिङ्ग स्टोरमा दशैं भनेको नै बिबाह–ब्रतबन्धको लगनको महिना हो । लगनका महिनामा बढी भीडभाड हुने र दशैंमा खासै डिमान्ड नहुने भएकोले सर्टिङ्ग–सुटिङ्ग स्टोरलाई दशैंले छुने नगरेको श्रेष्ठले भनेका छन् । श्रेष्ठको भनाईमा सहमति जनाउँदै रोयल कलेक्सन बागबजारका प्रोप्राइटर निरज तुलधारले सुट सिलाउन कसैलेपनि दशैं नकुर्ने र लगनको बेला नै सिलाउने धेरै हुने गरेको भन्छन् ।
एसटी सर्टिङ्ग–सुटिङ्ग तथा टेलरिङ्ग सेन्टरका प्रोप्राइटर समुन्द्र तन्डुकार त पहिला–पहिला दशैंमा सुट सिलाउन आउनेहरुको यदाकदा भीड हुने भएतापनि केही बर्षयता नभएको र दशैमा रेडिमेड कपडा स्टोरमा जस्तो सर्टिङ्ग–सुटिङ्ग स्टोरमा खासै ब्यापार नहुनुको पछाडि दशैंमा पहिलाजस्तो सिलाएर नलगाइकन रेडिमेड लाउने फेसन बढी आएकोले त्यसो भएको भनेका छन् । सर्टिङ्ग–सुटिङ्ग स्टोरको दशै त लगनको महिना नै हो भनेर तन्डुकारले पनि दोहो¥याए ।

दशैमा डिस्काउन्टै डिस्काउन्टको अफर
दशैंको अवसर पारेर प्राय ठूला तथा साना पसल देखि मल तथा डिपार्टमेन्टल स्टोरहरुमा विभिन्न छुट एवम् डिस्काउन्ट अफर प्याकेज ल्याउने गरेको छ । यो बर्षको दशैमा पनि काठमाडौ र काठमाडौ बाहिरका प्रमुख शहरहरुमा यसप्रकारका प्याकेज प्रोग्राम तथा अफरहरु राखिएको छ । जसले गर्दा सामान्य पसलहरुमा भन्दा ठूला मल तथा स्टोरहरुमा उपभोक्ताहरुको बढी नै भीड लाग्ने गरेको छ ।

विशेषत काठमाडौमा विभिन्न स्थानमा खोलिएको भाटभटेनी सुपर स्टोरको व्यापारमा निक्कै नै बृद्धि भएको व्यापारीहरुकै ठहर रहेको छ । भाटभटेनीप्रति उपभोक्ताको विश्वास बढ्ेर नै त्यसरी व्यापार बढ्को हुनुपर्ने टेकुका व्यापारी सुन्दर थापाको ठहर रहेको छ । नून देखि सुनसम्म पाइने भाटभटेनीमा दशैंको बेलामा न्यूनतम ३ देखि अधिकतम १० प्रतिशत विभिन्न उपभोग्य सामानमा छुट अफर राखिएको बताइएको छ ।


ललितपुरको पुलचोक स्थित नमस्ते सुपर मार्केटका प्रवन्ध–निर्देशक रज्जु श्रेष्ठले दशैंको अवसरमा जुत्ता र ब्यागको बेग्लै डिपार्ट थपिएको बताएका छन् । यस अवसरमा ५ देखि १० प्रतिशतसम्मको डिस्काउन्ट अफर राखिएको पनि प्रवन्ध–निर्देशक श्रेष्ठले भनेका छन् । टेकु स्थित गुरुजु डिपार्टमेन्ट स्टोरमा कोल्ड ड्रिंक्स र हार्ड ड्रिंक्समा एमआरपीको आधारमा बढीमा १० प्रतिशतसम्म डिस्काउन्ट अफर राखिएको छ। कुनै कुनै प्रडक्टमा टू गेटमा वान फ्रि अफर रहेको समेत उक्त गुरुजु स्टोरका प्रवन्ध–निर्देशक न्हूच्छेरत्न बज्राचार्यले बताएका छन् । अघिल्लो बर्षमा जस्तै यो बर्षपनि कोल्ड ड्रिक्स दुई बोतल खरीदमा एउटा वाइन गिलास गिफ्ट दिने योजना ल्याएको पनि प्रवन्ध–निर्देशक बज्राचार्यले भनेका छन् ।

महाराजगंजको स्वागत मार्ट डिपार्टमेन्टल स्टोरका प्रवन्ध संचालक सुदर्शन चौलागाइँले डिपार्टमेन्ट स्टोरको बिजनेशमा हाल अस्वस्थ प्रतिस्पर्धा बढ्ेको बताउंछन् । यसले गर्दा आफ्नो स्टोरमा दशैं–तिहारमा पनि अरुबेला जस्तो सामान्य डिस्काउन्ट बाहेक अरु योजना नराखेको चौलागाइँले बताए । पाटनको स्वागत प्रोभिजनल स्टोरका प्रोप्राइटर किरण मास्के होलसेलरहरुसँग व्यापक प्रतिस्पर्धा बढ्ेकोले व्यापार गर्न नै गाह्रो भएकोले उनीहरुले जस्तो व्यापक डिस्काउन्ट दिनै नसकेकोले दशैंमा स्टोर नै बन्द गरेर प्याकेज प्रोग्राममा बाहिर घुम्न जान लागेको स्पष्ट पारे ।

अर्कोतर्फ स्यानिटरी प्रडक्टहरुमा भने विभिन्न हार्डवेयर पसलहरुले उपभोक्ताहरुको खरीद एमआरपीलाई हेरेर ३५ देखि ५५ प्रतिशतसम्म डिस्काउन्ट अफर ल्याइएको जानकारी नेपाल निर्माण सामाग्री व्यापार संघ क्षेत्र नंबर ६ इकाई अध्यक्ष श्याम सुन्दर श्रेष्ठले दिएका छन् । ओरेन्ट वाटर पम्प र ओरेन्ट पिभिसी पाइपको आधिकारिक विक्रेता श्रीफाजु इम्पेक्सले दशैं तथा तिहारका अवसरमा ३५ देखि ५५ प्रतिशतसम्म डिस्काउन्ट अफर राखिएको उक्त इम्पेक्सका प्रवन्धक बिजय श्रेष्ठले बताए । प्रवन्धक श्रेष्ठले रक्षा सिपिभिसी पाइपमा ५० प्रतिशत छुट राखिएको पनि भनेका छन् ।

दशै–तिहारलाई लक्षित गरेर विभिन्न टेलिभिजन तथा मोबाइल प्रडक्ट कंपनीहरुले पनि विभिन्न छुट अफर ल्याइएको पाइएको छ । त्यस अफरबाट बढी भन्दा बढी लाभ लिन उपभोक्ताहरुको हानथाप नै हुने गरेको न्युरोड स्थित ताम्राकार मोबाइल हाउसका शरण जोशीले बताएका छन् । यस्ता डिस्काउन्ट अफरले गर्दा अरुबेला भन्दा दशैं तथा तिहारको बेलामा टेलिभिजन तथा मोबाइलको विक्रीमा तीन गुना बढ्ने तथ्यलाई लमजुङ्ग बेसीशहर स्थित श्रेष्ठ सुपर वाच सेन्टरका प्रोप्राइटर नन्दलाल श्रेष्ठले स्वीकारेका छन् । दशैं–तिहारमा अरुबेला भन्दा उपभोक्ताको क्रय शक्ति पनि बृद्धि हुने भएकोले ग्याजेट–लक्जरी सामानहरुको बिक्री राम्रो हुने प्रोप्राइटर श्रेष्ठ बताउछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु