तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली, थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १९ गते, आईतवार ९:३१

असोज १९, काठमाडौं आज मौसम देशैभर बदली भएको छ भने देशका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने पूर्व, मध्य तथा पश्चिमका एकरदुई स्थानमा हल्का पानी परिरहेको छ। दिउँसो पनि मध्य तथा पूर्वी क्षेत्रका थोरै र पश्चिमका एकरदुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ भने दिउँसोतिर उपत्यकाका विभिन्न स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ। आज राति पनि मध्य तथा पूव भूभागका थोरै र पश्चिमी क्षेत्रका १ वा २ स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। भारतको उत्तर प्रदेश तथा बिहारआसपास न्यून चापीय प्रणाली छ। यही न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालका पूर्वी र मध्य क्षेत्रमा वर्षा गराइरहेको मौसमविद्ले बताएका छन्। पश्चिमी क्षेत्रमा भने पश्चिमी वायुको प्रभावले मौसम बदली तथा वर्षा गराएको मौसमविद् कँडेलले जानकारी दिइन्। मनसुन (वर्षा गराउने प्राकृतिक प्रणाली) अझै केही दिन हट्ने देखिँदैन। ‘त्यसैले दसैंभर मौसम सफा रहने देखिन्न,’ मौसमविद्ले भनिन्,‘पानी पर्ने सम्भावना छ, तर त्यस्तो लगातार झरी, ठूलो वर्षाको सम्भावना चैं छैन।’ विशेषगरी मध्य र पूर्वी क्षेत्रमा वर्षा जारी रहने सम्भावना छ भने पश्चिमका पनि एकरदुई स्थानमा हल्का पानी पर्ने सम्भावना छ। नवमीका दिन मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार अर्थात् महानवमीका दिन पनि दिउँसो देशभरि आंशिकदेखि सामान्यसम्म मौसम बदली रही मध्य र पूर्वका थोरै तथा पश्चिमका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ।

सोही दिन राति पनि मध्य र पूर्वका थोरै स्थानमा हल्का पानी पर्ने अनुमान छ। टीकाको दिन यस्तै मंगलबार अर्थात् दसैंको टीका ९विजया दशमी० को दिन पनि वर्षाको सम्भावना छ। मौसमविद्का अनुसार त्यस दिन दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली भई मध्य र पूर्वका थोरै स्थानमा र पश्चिमका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। सोही राति मध्य र पूर्वका थोरै स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु