पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

योग एवं प्राकृतिक चिकित्साको अनुपम केन्द्र योगग्राम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २० गते, सोमबार १३:२९

-किशोर सेढाई

प्राचीन आर्युवेद पद्धति र प्राकृतिक चिकित्सा पद्धतिलाई पुनःजागृत गर्ने उद्येश्यले योगऋषि स्वामी रामदेव र आर्युवेद शिरोमणि आचार्य बालकृष्णको अहोरात्त परिश्रममा सन २००६ को अप्रिल ६ मा यस योगग्रामको निर्माणको थालनी भएको हो भने यसको विधिवत उदघाटन सन २००८ को ८ जुनमा उत्तराखण्डका पुर्व मुख्यमन्त्री बी.सी. खन्दुरीले गर्नु भएको हो । योगग्राम पतंजली योगपीठ हरिद्धारबाट करिब २३ कि.मि. उत्तरमा उत्तराखण्ड राज्यको बहदरावाद जिल्लामा करिब ७ सय बिघा क्षेत्रफलमा एक मनोरम पहाडको फेदीमा राजर्षि नेशनल पार्क भित्र एक रमणीय स्थानमा अवस्थित छ । प्राकृतिक चिकित्साको अनुपम केन्द्र योगग्राम पंतजली योगपीठ टस्ट्रको एक अभिन्न अंगको रुपमा समेत रहेको छ ।

यस उपचार केन्दमा झण्डै ७२ किसिमका रोगहरु प्राकृतिक चिकित्साका दक्ष चिकित्सकद्धारा उपचार गराइन्छ । योगग्रामलाई योग र आर्युवेद अनुसन्धान केन्द्रको रुपमा पनि लिइएको छ । गौरव गर्ने विषय यो हो कि यसलाई विश्वकै ठुलो ओपीडी केन्द्रको रुपमा पनि विकसित गरिएको छ । यहाँ दैनिक करिब ६ देखि १० हजार व्यक्तिले आफनो स्वास्थ्यको सेवा लिन सक्ने बताइएको छ भने यहाँ बिरामीको अवस्था हेरि बिरामीहरुलाई उपचार गर्न १ सय वटा बेडको पनि व्यवस्था गरिएको छ ।

यसैगरी योग एंव प्राकृतिक चिकित्साको मुख्य केन्द्र योगग्रामलाई योग तथा तथा प्राकृतिक चिकित्साको केन्द्र बिन्दुको रुपमा हेरिएको छ । यस योगग्राममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदि सहित विभिन्न समयमा विभिन्न उच्च पदस्थ व्यक्ति लगायत करोडौं सर्वसाधारणले अवलोकन भ्रमण गरि सकेका छन ।

यहाँ उपचार हुने मुख्य बिधिहरुमा :

  1. Hydro Therapy
  2. Mud Therapy
  3. Pranic Healing Therapy
  4. Bath Therapy
  5. Zone Steam Sona
  6. Water wave Massage
  7. Acupressure Therapy
  8. Piramid Therapy
  9. Sand Therapy
  10. Magnet Therapy
  11. Mud Swimming Pool Therapy
  12. Reiki Therapy
  13. Message Therapy
  14. Sun Therapy
  15. Aero Therapy
  16. Colon Imagotor Hydro Therapy.

रहेका छन भने यहाँ पंचकर्म , षटकर्म ,आर्युवेद सर्जरी , प्याथोलजी ल्याब, अल्टासाउण्ड , एक्स रे र इसीजी सेवाहरु पनि उपलब्ध छन ।
योगग्राममा बिरामीहरुको दिनचर्या ः योगग्राममा रहदा विहान ४ बजे देखि राति ९ बजेसम्म त्यँहा उपचारारार्थ बिरामीहरु दिनभरी व्यस्त रहन्छन । विहान ४ः०० बजे उठने २ ÷३ गिलास पानी पिउने ,४ ः१५ बजेदेखि ५ः०० बजेसम्म जलनेती, सुत्रनेती, कुन्जन क्रिया, र एनिमा ।५ः१५ बजे देखि ७ः०० बजेसम्म योग हलमा सवै साधकहरुलाई योगाभ्यास तथा प्राणायाम ।७ः०० बजेदेखि ७ः४५ सम्म परामर्श चिकित्सा , ७ः४५ देखि ८ः०० बजेसम्म हास्य चिकित्सा ।८ः०० बजेदेखि ८ः३० बजेसम्म माटोको पटटी र ८ः३० बजेबाट ९ः०० बजेसम्म विहानको नास्ता ।९ः०० बजेदेखि १२ः०० बजेसम्म रोगको हिसाबले पुरुष र महिलाहरुलाई छुटटा छुटटै उपचार । ११ः३० देखि अपरान्ह १ः०० बजेसम्म दिउँसोको भोजनको लागि भोजनालयमा प्रवेश । अपरान्ह १ः०० बजेदेखि २ः०० बजेसम्म बिरामीहरुले आ—आफनो कुटियामा आराम गर्ने । २ः०० बजेदेखि २ः१५ बजेसम्म बिरामीहरुलाई काँडा र निंबु पानी उपलब्ध गराइने ।अपरान्ह २ः१५ बजेबाट २ः३० बजेसम्म मिटटी पटटी चिकित्सा ० बजेबाट ५ः३० बजेसम्म रोगीहरुलाई विभिन्न उपचार । सांझ ५ः०० बजेबाट ६ः०० बजेसम्म मनोरन्जन चिकित्सा अन्तर्गत घुम्ने, घोड चढी ,बोटिङ्ग आदि । त्यही समयमा आ—आफनो रुचि अनुसार यज्ञशालामा हवन यज्ञ र प्रार्थना ।

सांझ ५ः४५ बाट ७ः०० बजेसम्म योगा हलमा योगाभ्यास । ७ः०० बजेबाट ७ः४५ बजेसम्म परामर्श चिकित्सा । ८ः०० देखि ९ः०० बजेसम्म भोजनालयमा रातिको खानाको लागि प्रवेश । र ९ः३० बजे मन्त्र उच्चारण सहित बिश्रामको लागि सवै बिरामीहरु आ—आफनो कुटियामा प्रस्थान ।

कसरी पुग्ने योगग्राम ः पतंजली योगपीठ हरिद्धारबाट दैनिक विभिन्न समयमा योगग्रामको लागि नियमित मिनि बस संचालन हुन्छ ।
नेपालबाट योगग्राम जानको लािग पुर्वी नाकाबाट जाने हो भने काकरभिटटा नाकाबाट सिलीगुडी नजिकै रहेको न्युजलपाइगुडी रेल जंकशन हँुदै सिधै नई दिल्ली रेलवे स्टेशन पुगि पतंजली योगपीठ हरिद्धार पुग्न सकिन्छ । बिमानबाट जाने हो भने नेपालको पुर्वी नाका काकरभिटटाबाट नजिकै रहेको बागडोगरा बिमानस्थलबाट सिधै नई दिल्ली पुगी त्यँहाबाट रेल या बसद्धारा पतंजली हरिद्धार पुग्न सकिन्छ ।
यसैगरी काठमाडौंबाट जाने हो भने नँया बसपार्कबाट दैनिक चल्ने काठमाडौं दिल्ली बस सेवाद्धारा पनि दिल्ली पुगि पतंजली योगपीठ हँदै योगग्राम पुग्न सकिन्छ । यसैगरी छिटो जान चाहनेले काठमाडौं बाट दैनिक नई दिल्लीका लागि हुने विमान सेवाबाट नई दिल्लीको इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थल पुगि त्यँहाबाट नई दिल्लीको रेल र्जकंशन बाट रेलद्धारा या नई दिल्ली अन्तराष्ट्रिय बस टर्मिनलबाट बसद्धारा हरिद्धार पुगि पतंजली योगपीठ हुदै योगग्राम पुग्न सकिन्छ ।

यसैगरी पश्मि नाकाबाट जान चाहनेले पोखराबाट दैनिक चल्ने पोखरा दिल्ली बसद्धारा , पश्चिमको बुटवलको भैरवा नाकाबाट भारतको सुनौलि नाका हुदै , कृष्ण नगर , कंचनपुर र धनगढीबाट भारतीय नाका प्रवेश गरि बसद्धारा पनि हरिद्धारको पतंजली योगपीठ हुदै सजिलै योगग्रामको योग तथा प्राकृतिक चिकित्सालय पुग्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु