कस्तो छ ? यसपालि दशैको टिकाको साइत ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार १३:४२

विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि असोज २१ गते बिहान ८ बजेर ३५ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ९ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत असोज २१ गते विजयादशमीकै दिन ९ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।

दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई असोज २५ गते शनिबार समाप्त गर्नुपर्नेछ । कोजाग्रत पूर्णिमा अशोज २६ गते परेको छ ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ । यही दिन घरघरमा राखीएको जमरा पनि विसर्जन गरिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु