काठमाडौं ।नेपाल आइडलका कृशल कँडेल र गायिका एलिना चौहानको “म रिसाउँदा” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई द डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा अर्जुन पोखरेलको नै शब्द , संगीत तथा एरेंज रहेको छ । आफ्नो मायालुबाट टाढा नहुने कुरा गरिएको उक्त गीतमा मुटुभरि मायालुको माया भएको कुरा गरिएको छ ।
कृशल कँडेल र गायिका एलिना चौहानलाई नै फिर्चड गरिएको उक्त गीतको भिडियो नमराज घिमिरेले छायाँकन गरेका हुन् । गीतको भिडियोमा कृशल कँडेल र एलिना चौहानलाई खुसि हुँदै गीत गाउँदै देख्न सकिन्छ । द डिभाइन म्युजिकको निर्देशनमा तयार भएको गीतको भिडियोलाई शक्ति प्रजोल घिमिरेले संपादन गरेका हुन् ।