एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २३ गते, बिहीबार १२:३७

असोज २३, काठमाण्डौ
काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बिहीबार सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले जनाएका छन् ।

बेलुकीतिर भने पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । भारत र पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण यस वर्षको मनसुन अझै बाहिरिन सकेको छैन ।

मनसुन नसकिँदा फाट्टफुट्ट पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २३ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

असोज २४ गते शुक्रबार

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।

असोज २५ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र तराईका भूभागमा सामान्यतया सफा रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु