प्रेसरको समस्या देखिएपछि निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २३ गते, बिहीबार २०:२७

२३ असोज, काठमाडौं
प्रेसरको समस्या देखिएपछि निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रािखएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु