रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

गैरआवासीय नेपाली सघ मलेसियाबाट डिआरसीमा निबर्तमान अध्यक्ष न्यौपानेको उम्मेद्वारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २४, शुक्रबार १९:१३

काठमाडौं ।गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि मलेसियाबाट एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेदवारी दिएका खगेन्द्र न्यौपानेका पक्षमा सर्बसम्मति बन्ने भएको छ ।

एसिया प्यासिफिक सहसंयोजक पदमा दुई जना जान सक्ने भएकाले मलेसियाको प्रतिनिधित्व गरेका न्यौपानेलाई एक पद दिने प्राय सहमति भइसकेको एनआरएन अगुवाहरुको भनाई छ । एनआरएन अभियानमा नेतृत्व तहसँग सहकार्य गरेर सक्रियरुपमा लागिरहेका न्यौपाने आगामी नेतृत्वमा जसरी भएपनि ल्याउनका लागि ससर्बसम्मतिको पहल भएको हो ।एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेले क्षेत्रीय सहसंयोजक पदका लागि ९ बूँदे घोषणापत्र जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै न्यौपानेले भने –‘एनआरएनएको मर्म, भावना एवं उद्देश्य पुरा गर्नका लागि आगामी कार्यकालका लागि क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी दिने सगौरव घोषणा गरेको छु ।’ एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य हुदै अध्यक्षको जिम्मेवारीसमेत कुशलतापूर्वक निभाइसकेका न्यौपानेले क्षेत्रीय सहसंयोजकमा जाने निर्णय गर्दा एनआरएन मलेसियाले पूर्णरुपमा समर्थन गर्दै सर्बसम्मत बनाउन दवाव दिइरहेको छ ।न्यौपानेले आफ्ना प्रतिवद्धतापत्रमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने, देशमा लगानी बढाउन पहल गर्ने, पहिलो, दोश्रो पुस्ता मात्र नभएर हरेक नेपालीलाई एनआरएन अभियान भित्र समेट्न, एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको सानो सानो पुजिको एकिकृत गरी लगानीको वातावरण बनाउन, एसिया प्यासिफिक क्षेत्रका एनआरएनहरुको क्षेत्रीय श्रमिक सरोकार केन्द्र स्थापना गर्ने, म्यानमार लुम्बिनी सीधा हवाईसेवाका लागि पहल गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको २४ घण्टे बीमाका लागि पहल गर्नेलगायत उल्लेख्य काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु