तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गैर आवासीय नेपाली संघ का केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुमार पन्त र कुल आचार्यले आ – आफ्नो टिमलाई अन्तिम रुप दिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन २५ गते, शनिबार ७:३३

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुमार पन्त र कुल आचार्यले आ – आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्। आचार्य निकट स्रोतका अनुसार उनको टिममा डीबी क्षेत्री, मन केसी, जानकी गुरुङ, डा. केशव पौडेल, किरण विक्रम थापा, त्रिलोक गुरुङ, खगेन्द्र न्यौपाने, गोविन्द गौतम, रविना थापा र सोम सापकोटा रहने अन्तिम टुंगो लागेको जनाईएको छ, उनिहरु कुन -कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुने स्रोतले जनासवाललाई बतायो । यता आचार्यलाई महासचिवको छनोट गर्न भने सार्है गार्हो भएको छ। डीबी क्षेत्री, जानकी गुरुङ र डा. केशव पौडेल तीनै जना महासचिव पदका प्रत्यासी रहेका छन् । तर, ती तीन जनामध्ये एकजना महासचिव र अन्य दुई जना अन्य पदमा जाने बताईएको छ । कुमार पन्तले पनि आफ्नो टिमलाई अन्तिम रुप दिँदै गरेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनको टिममा बद्रि केसी, धर्मराज अधिकारि,सपिला राजभन्डारी, हिक्मत थापा,सोनाम लामा, हेमराज शर्मा, गौरि जोशी, शिवकुमार बरुवाल, आरके शर्मा, महेश कुमार श्रेष्ठ र लोक प्रसाद दाहाल रहने जनाईएको छ । यता पन्तलाई भने सचिब पद मिलाउन सार्है गाह्रो भएको जनाईएको छ सचिबमा गौरि जोशी, शिवकुमार बरुवाल र आरके शर्मामध्यबाट दुई जना मात्रै छानिने छन । पन्त समुहलाई आचार्य समुहबाट डिबि क्षेत्रिलाई आफ्नो समुहमा ल्याउन दबाब सिर्जना भएको छ । त्यही अनुसार पन्त पनि लागिरहेको उनि निकट स्रोतले बतायो । दुवै टिमले शनिबार बेलुकासम्ममा आ आफ्ना टिमका नाम र पद सार्बजनिक गरिसक्ने जनाएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु