चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं मा समकक्षी विद्यादेवी भण्डारीले स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १७:४४

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयानुसार ४ः५० मा नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु